प्रदेश नं ४ को नाम गण्डकी

SHARE:

पोखरा, प्रदेश नं ४ को शुक्रबार बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको छ ।

प्रदेशसभा सदस्य मायानाथ अधिकारीले प्रदेशको नाम गण्डकी राखियोस् भन्दै गरेको प्रस्ताव एवं सदस्य मणिभद्र शर्मा कंँडेल, गायत्री गुरुङ र कृष्ण थापाको समर्थनलाई बहुमतले पारित गरेको हो । बैठकमा प्रदेशसभाका कूल ५९ सदस्यमध्ये शुक्रबार उपस्थित ५६ सदस्यमध्ये गण्डकी नाम हुनुपर्ने पक्षमा ५४ जनाले मतदान गरे भने विपक्षमा दुई मत परेको थियो ।

गण्डकी नामका पक्षमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी९नेकपा०सहित प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाका सदस्यले मतदान गरे भने विपक्षमा नयाँ शक्ति पार्टीका सदस्यले मतदान गरे ।

यसअघि प्रदेशको नामाङ्कन विषयको छलफलमा सहभागी हुँदै अधिकांश सदस्यले सबै जातजाति भाषाभाषीको पहिचान एवं भूगोललाई गण्डकीले जोड्ने धारणा राखे । प्रदेशसभा सदस्य एवम् प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्ब्बा गुरुङले सबैको अपनत्व हुने किसिमबाट प्रदेशको नाम गण्डकी राख्ने पक्षमा पुगिएको तथा भूगोल, जाति, भाषा एवम् राजनीतिक रुपले सबैभन्दा उपयुक्त नाम गण्डकी रहेको बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तर्फबाट कुमार खड्काले गण्डकी हाम्रो सभ्यतासमेत भएको बताउँदै यसले सबैको पहिचान र समाथ्र्य बोकेको बताए ।
राष्ट्रिय जनमोर्चाका पियारी थापाले गण्डकी यस क्षेत्रको धार्मिक, सांस्कृतिकलगायत हरेक पक्षसँग जोडिएकाले प्रदेशको नाम उपयुक्त हुने बताए ।

बैठकमा प्रदेशसभा सदस्य हरिबहादुर चुमान, विकास लम्साल, मेखलाल श्रेष्ठ, रामजीप्रसाद बराल, दीपक थापा, लक्ष्मी सुनार, पुष्पा केसी, दीपक कोइराला, धनमाया लामा, रोशनबहादुर गाहा, ओमकला गौतम, गायत्री गुरुङ, मनबहादुर गुरुङ, प्रकाशचन्द्र दवाडी र इन्द्रधारा विष्टले प्रदेशको नामाङ्कन सम्बन्धमा आआफ्ना धारणा राखे ।

शुक्रबारको बैठकमा प्रदेशसभा सदस्य हरिशरण आचार्यले यही असार १५ गते सचिवालयमा दर्ता भएको प्रतिवेदनको प्रस्तावमा राखेको संशोधन प्रस्तुत गर्न सभामुखले समय दिएको थियो । शुक्रबारको बैठकमा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले खोप सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन समितिको प्रतिवेदन सभासमक्ष प्रस्तुत गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!