एनआरएनएमा तीन अध्यक्ष चयन, पहिलो कार्यकाल आचार्यले नेतृत्व गर्ने

SHARE:


काठमाडौं २७ मार्च । गैरआवासीय नेपाली संघ (एनआरएनए)को तीन जना अध्यक्ष चुनिएका छन् । तीन जनाले पालैपालो ६–६ महिना कार्यभार सम्हाल्ने गरी अध्यक्ष चयन गरिएको हो । संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट पहिलो कार्यकालको नेतृत्व कुल आचार्यले गर्नेछन् । त्यसपछि रबिना थापा र बद्री केसीले क्रमश: पालैपालो ६–६ महिना कार्यकाल सम्हाल्ने संघले जनाएको छ ।

संघको विधान संशोधन गरेर उपाध्यक्ष र सचिवको संख्या पनि बढाइएको छ । ११ जना उपाध्यक्षमा भूषण घिमिरे, डीबी क्षेत्री, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द श्रेष्ठ, हेमराज शर्मा, जयप्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायाण आचार्य, नरेन्द्र भाट र आरके शर्मा छन् । त्यस्तै दुई महिला उपाध्यक्षमा विष्णुमाया परियार र यस्मिन बेगम छन् । युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चुनिएका छन् ।

महासचिवमा गौरीराज जोशी र केशव पौडेल छन् । उपमहासचिवमा गणेश केसी, देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिंखडा र विनय अधिकारी छन् । त्यस्तै १० जना सचिवमा चिरञ्जीवी घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रवीण गुरुङ, शंकर खड्का, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठी चयन भएका छन् । महिला दुई सचिवमा अलिनी पोखरेल र टीका गुरुङ छन् ।

यसैगरी कोषाध्यक्षमा ३, सह कोषाध्यक्षमा ८, महिला सहकोषाध्यक्षमा ३, प्रवक्ता २, महिला संयोजक, युवा संयोजक र क्षेत्रीय संयोजक २/२ जना चुनिएका छन् । क्षेत्रीय उपसंयोजक युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५, क्षेत्रीय महिला संयोजक २, क्षेत्रीय युवा संयोजक २ जना छन् ।

नयाँ नेतृत्वका लागि दुईवर्षे कार्यकालमा ६ महिना समय गुज्रिसकेको छ । अहिले ७४ जना सदस्य निर्वाचित गरिएको छ । महाधिवेशन सकिएसँगै एनआरएनएले विभिन्न प्रतिबद्धतासहितको १४ बुँदे ललितपुर घोषणापत्र जारी गरेको छ । मुलुकमा पूँजी भित्र्याउन कानुनी सुधार जरुरी रहेको एनआरएनएले औंल्याएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!