फुजेल हत्याकाण्डका अभियुक्त सर्वोच्च अदालतमा हाजिर

SHARE:

काठमाडौं । फुजेल हत्याकाण्डका अभियुक्त छविलाल पौडेल सर्वोच्च अदालतमा हाजिर भएका छन् ।

कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका उनलाई चितवन जिल्ला अदालतले ४ वैशाख २०७१ धरौटीमा छाडेको थियो । तर, पुनरावेदन अदालतले त्यसलाई सदर गर्‍यो तर, सर्वोच्चले उक्त आदेशलाई बदर गरेको थियो । सर्वोच्चले ६ पुस २०७२ मा पुर्पक्षका लागि थुनामा राखेर कानुन बमोजिम गर्न आदेश दिएको थियो ।

लामो समयसम्म सर्वोच्चको फैसला कार्यान्वयन नभएपछि मृतक कृष्णप्रसादकी आमा गंगामाया अधिकारी १५ जेठदेखि वीर अस्पतालमा आमरण अनशन बसेकी छन् । यसअघि अनशनकै क्रममा उनका श्रीमान नन्दप्रसादको निधन भएको थियो ।

गंगामायाको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै अधिकारकर्मीहरुले माग पूरा गर्न सरकारलाई दबाब दिँदै आएका थिए । त्यही क्रममा पौडेलले अदालतसामु आत्मसमर्पण गरेका हुन् । ६८ वर्षका पौडेल आइतबार आफैं सर्वोच्च अदालतमा उपस्थित भएर थुनामा बसेर मुद्दा पुर्पक्ष गर्न पाउँ भनेर निवेदन दिएका छन् । लगत्तै उनलाई कारागार कार्यालय डिल्लीबजारमा थुनामा पठाइएको सर्वोच्च अदालतले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!