सट्टेबाजी खेलाउने चार पक्राउ

SHARE:

काठमाडौँ, महानगरीय प्रहरी परिसरले विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने चारजनालाई पक्राउ गरेको छ ।

परिसरले विश्वकप फुटबलमा सट्टेबाजी खेलाउँदै आएको अवस्थामा काठमाडौँका अमित श्रेष्ठ, निराजन पौडेल, अनिल भण्डारी र तनहुँका प्रमोद रानाभाटलाई शनिबार राति नियन्त्रणमा लिई आइतबार सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले विश्वकप फुटबलका नाममा करोडौँ रकम खेलाउने गरेको भन्दै प्रहरीले सट्टेबाजीलाई विशेष अनुसन्धान गरिरहेको बताए । “विभिन्न फुटबल टिमको हारजितमा विभिन्न व्यक्तिसँग नगद लाभ लिने गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेका हौँ,”–उनले भने ।

प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट चार थान मोबाइलसमेत बरामद गरेको छ । पक्राउ परेकालाई अनुसन्धानका लागि हिरासतमा राखिएको महाशाखाले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!