कोरोनाका कारण १ करोड ५० लाख जनाको ज्यान गएको हुन सक्छ: डब्लूएचओ

SHARE:

एजेन्सी मे ५ । कोरोना महामारीका कारण अहिलेसम्म विश्वमा झन्डै १५ मिलियन अर्थात् एक करोड ५० लाख जनाको ज्यान गएको हुन सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओलेअनुमान गरेको छ ।

यो तथ्याङ्क दुई वर्षमा कोरोनाका कारण ज्यान गुमाएकाको तुलनामा १३ प्रतिशतभन्दा धेरै हो । कतिपय देशमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्याभन्दा निकै कम गणना भएको हुन सक्ने सङ्गठनले जनाएको छ । अहिलेसम्म दुई वर्षमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५४ लाख जना मात्र रहेको आधिकारिक तथ्याङ्क रहेको छ ।

डब्लूएचओले भारतमा मात्रै कोरोनाका कारण ४७ लाख जनाको ज्यान गएको हुन सक्ने बताएको छ । यो आधिकारिक तथ्याङ्कभन्दा १० गुणा धेरै हो । विश्व स्वास्थ्य सङ्गठनको अनुमानलाई लिएर भारत सरकारले भने चिन्ता व्यक्त गरेको छ । भारतमा आधिकारिक तथ्याङ्कअनुसार कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख २३ हजार नौ सय ७५ जना रहेको छ । अहिले भारतमा दैनिक झन्डै तीन हजार कोरोनाका नयाँ सङ्क्रमित थपिने गरेका छन् ।

भारतसँगै रुस, इन्डोनेसिया, अमेरिका, ब्राजिल, मेक्सिको र पेरुमा पनि कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या अनुमान गरेको गरेको भन्दा झन्डै तीन गुणा बढी रहेको पाइएको बीबीसीले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!