यूएईको नयाँ राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद चयन

SHARE:

एजेन्सी मे १४ ।

संयुक्त अरब एमिरेट्स यूएईको नयाँ राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद अल नाह्यान चयन भएका छन् ।

यूएईका राष्ट्रपति तथा अबुधाबीका राजा शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएपछि उनका सौतेनी भाइ नयाँ राष्ट्रपति चयन भएका एएफपीले जनाएको छ । खलिफा बिन जायदको हिजो शुक्रवार निधन भएकोमा यूएईको सङ्घीय सर्वोच्च परिषद्ले आज शनिवार शेख मोहम्मद बिन जायदलाई राष्ट्रपति चुनेको हो । खलिफा बिन जायद सन् २०१४ मा हृदयाघातका कारण हिँडडुल गर्न नसक्ने गरी थलिएपछि शेख मोहम्मद बिन जायाद अल नाह्यानले राजकाजको कार्यकारी भूमिका सम्हाल्दै आएका थिए ।

मोहम्मद बिन जायाद सन् १९७१ मा अरब प्रायद्वीपमा रहेका सात वटा स–साना एमिरेट मिलेर गठन भएको संयुक्त अरब एमिरेट्सको तेस्रो राष्ट्रपति बनेका छन् । यूएईको शासनका लागि सात सदस्य एमिरेटका राजा सम्मिलित रहने सङ्घीय सर्वोच्च परिषद् निर्माण गरिएको छ । यूएईमा सम्मिलित सातमध्ये सबैभन्दा ठूलो एमिरेट अबु धावीका राजा स्वतः यूएईको राष्ट्रपति हुने व्यवस्था छ ।

त्यस्तै दोस्रो ठूलो एमिरेट्स दुबईका राजा प्रधानमन्त्री हुन्छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!