भाषण गरिरहेका बेला जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली हानियो

SHARE:

टोकिया ८ जुलाई २०२२ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको जापानको राजधानी टोकियोबाट प्राप्त समाचारमा जनाइएको छ । जापानको पश्चिमी सहर नारामा सम्बोधन गरिरहेका उनलाई शुक्रबार बिहान गोली हानिएको हो ।

सडकमा आयोजना भएको एक सभालाई सम्बोधन गरिरहेका बेला उनलाई पछाडिबाट गोली प्रहार भएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । जापानी टेलिभिजन एनएचकेले दिएको जानकारीमा उहाँलाई गोली लागेको ठाउँबाट रगत बगिरहेको छ । उनी अहिले बेहोस अवस्थामा रहेको पनि यहाँका मिडियाले जनाएका छन् ।

नाराको स्थानीय प्रहरीले उनलाई नजिकैको एक अस्पतालमा कोमामा राखिएको छ । नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको र उहाँको अवस्था गम्भीर रहेको यहाँका मिडियाले जनाएका छन् ।

प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!