बेलायतमा साहित्यिक जमघट, रमाइला सिर्जना वाचन

SHARE:

अल्डरसट २२ जुलाई २०२२ । विश्व नेपाली साहित्य महासंघ यूकेले कोभिड महामारीपश्चात् पहिलोपटक प्रत्यक्षरुपमा साहित्यिक जमघट गरेको छ । महासंघको दक्षिण यूके र पश्चिम यूके शाखा समितिहरूको संयुक्त आयोजनामा अल्डरसटमा भेटघाटसँगै सिर्जना वाचन कार्यक्रम भएको हो ।

अल्डरसटस्थित द प्यालेसमा आइतबार भएको कार्यक्रममा करिब अढाई दर्जन बढी सर्जकहरू भेला भएको कार्यक्रम संयोजक एवम् विनेसाम पश्चिम यूके शाखा कार्यवाहक सचिव जित बुढाथोकी छन्त्यालले बताए । दिउँसो १२ बजेदेखि सुरु भएको कार्यक्रमको पहिलो चरणमा दुई शाखाहरूबीच परिचयात्मक कार्यक्रम आयोजना गरिएको थियो ।

दक्षिण यूके शाखा अध्यक्ष विजय हितानले सबैलाई मन्तव्यमार्फत स्वागत गरेका थिए । भेलाले दुई शाखाहरू एउटै बनाउने बारे पनि प्रारम्भिक छलफल गरेको थियो ।
यसैगरी, आउँदो नोभेम्बर १२ तारिखका दिन युद्ध साहित्य गोष्ठी आयोजना गर्ने समेत निर्णय गरेको छ । जसका लागि विजय हितानलाई संयोजक र विनेसाम पश्चिम यूके उपाध्यक्ष भरत लोहोरुङ राईलाई सहसंयोजक तोकिएको छ । यस्तै, अक्टोबर ११ देखि नोभेम्बर ११ सम्म गोर्खा हिस्ट्री मन्थलाई निरन्तरता दिँदै मनाउने निर्णय भएको छ ।

कार्यक्रमको दोस्रो चरणमा सर्जकहहरूले साहित्य सिर्जनासँगै कृति समीक्षा पनि गरेका थिए । हितानले लेखक विश्वासदीप तिगेलाद्वारा अङ्ग्रेजीमा लिखित ‘वाई चाइना इज नट रिप्लेसिङ युएस’ कृति उपर बोले । त्यस्तै, विनेसाम दक्षिण यूके शाखा सचिव अमित थेवेले साहित्यकार जानु काम्वाङ लिम्बुले लेखेकी संस्मरणात्मक निबन्ध सङ्ग्रह ‘फ्लान्डर्स फिल्डमा तमोरको सुसेली’ उपर समीक्षात्मक टिप्पणी राखे ।

सिर्जना सत्रमा प्रतिमा केसी, गंगा भण्डारी, लाहाङ चेम्जोङ, मिन राना, भरत लोहोरुङ, विजय हितान, औँतारी साइँला, किरण चाम्लिङ, थिर थापा, मुकेश राई, नानु राना, सेमन्त राई, मनुर राना, देवी आले, होम किरात सुनुवार, सर्वधन थुलुङ, सुरेन्द्र इङ्नाम, लीला सेलिङ माबो, अमित थेवे, कुमार केसी, रघु भण्डारी लगायतले कविता, गीत, मुक्तक र गजल प्रस्तुत गरेका थिए ।

कार्यक्रमका सुरेन्द्र इङ्नाम, भरत लोहोरूङ, सेमन्त राईले बाँसुरी वादन गरेका थिए भने मिन रानाले सारङ्गी वादन गरेका थिए । थिर थापाले आफू र गणेश पुनले संगीतबद्ध गरेका पर्यायवरण गीतहरू गाएका थिए । विनेसाम दक्षिण यूके र पश्चिम यूके शाखा हालै केन्द्रीय समितिले घोषणा गरेका मध्ये उत्कृष्ट पाँच शाखाभित्र पर्न सफल भएका समितिहरू हुन् । विनेसामको २२ मुलुकहरूमा ३१ बढी शाखाहरू क्रियाशील छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!