गौरी तमुद्वारा एक लाख ११ हजारको अक्षय कोष स्थापना

SHARE:

पोखरा । गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी तमुले एक लाख ११ हजार रुपैयाँको अक्षय कोष स्थापना गरेकी छन् ।
मञ्चको प्रथम स्थापना दिवसको अवसरमा बुधबार पोखरामा आयोजित कार्यक्रममा उनले १ लाख ११ हजार १ सय ११ रुपैयाँको ‘गौरी तमु लेखन पुरस्कार’ कोष घोषणा गरेकी हुन् । गुरुङ लेखक एवम् साहित्यकारलाई प्रोत्साहनसहित पुरस्कृत र सम्मान गर्ने उद्देश्यले अक्षय कोषको घोषणा गरिएको अध्यक्ष तमुले बताइन् ।

यसैबीच, साहित्यिक मञ्चको स्थापना दिवस रचना वाचन, विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेर मनाइएको छ । मुक्तक प्रतिष्ठान नेपालका अध्यक्ष रामकाजी कोने तमुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा काठमाडौं, चितवन, लमजुङ, तनहुँ स्याङ्जालगायत जिल्लाका गुरुङ र नेपाली भाषाका २३ स्रष्टाले रचना वाचन गरेका थिए ।
उक्त अवसरमा अफिसियल फोटो पत्रकार मणि सरब्जा तमुलाई सम्मान गरिएको थियो । त्यस्तै मञ्चलाई सहयोग गर्ने विभिन्न संघसंस्था र व्यक्तिलाई पनि धन्यवाद ज्ञापन प्रमाणपत्र वितरण गरियो ।

कार्यक्रममा एनआएन युकेका संरक्षक मे.डम्मर घले, उपन्यासकार चन्द्रबहादुर गुरुङ, तीर्थ गुरुङ, तमु सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष चिजकाजी तमु, तमु सञ्चारकर्मी संघ कास्कीकी अध्यक्ष शान्ति तमू, समाजसेवी विष्णु गुरुङ, भक्ति गुरुङलगायतको उपस्थिति थियो । मञ्चका उपाध्यक्ष रोशन तमुले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव रोशनी तमुले गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!