नेपालमा आज एकैदिन एक हजार बढी कोरोना संक्रमित थपिए

SHARE:

काठमाडौं साउन २४ ।

नेपालमा आज एकैदिन एक हजार बढी नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार म‌ंगलबार देशभर ६ हजार ३०० नमुना परीक्षण १०९० जनामा संक्रमण पुष्टि भएको हो । ३१ वैशाखमा संक्रमित संख्या एक अंक अर्थात २ मा झरेको थियो । १ असारमा पनि संक्रमणदर ०.६४ प्रतिशत मात्र थियो । तर डेढ महिनामा कोरोना संक्रमणदर झण्डै ३० गुणाले बढ्दै १७.३० प्रतिशतमा पुगेको छ ।

समग्रमा देशभरको संक्रमण दर एन्टिजेन तथा पीसीआर परीक्षणमा १७.३० प्रतिशत भए पनि सरकारी प्रयोगशालाहरुको तथ्यांक हेर्दा परीक्षण गरिएको ४५ प्रतिशतसम्म संक्रमण तथ्यांकले देखाउँछ ।

त्रिवि शिक्षण अस्पतालमा पछिल्लो २४ घन्टामा १३९ नमुना परीक्षण पीसीआर गरिएको थियो, जसमध्ये ६० जनामा संक्रमण पुष्टि भएको छ । यो ४३ प्रतिशत भन्दा बढी हो । पाटन अस्पतालको प्रयोगशालामा पछिल्लो तथ्यांक अनुसार ३३ नमुना परीक्षण गर्दा १२ जना अर्थात संक्रमण दर ३६.३६ प्रतिशत पुगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!