सुडानमा आएको बाढीबाट ७५ जनाको मृत्यु

SHARE:

खार्तोम १७ अगस्ट २०२२ । सुडानमा केही दिनयतादेखि भीषण वर्षा जारी रहेको बताइएको छ । सो वर्षाको कारण यहाँ मङ्गलबार रातिसम्ममा कम्तीमा पनि ७५ जनाको ज्यान गएको छ ।

केही दिनदेखि जारी रहेको वर्षा र त्यसपछि आएको बाढीमा परेर यहाँका १२ हजार पाँच सय ५१ घर ध्वस्त भएका छन् भने २० हजार भन्दा बढी घरमा बस्न नहुनेगरी क्षति पुगेको बताइएको छ ।

यहाँको नेशनल काउन्सिल फर सिभिल डिफेन्सले दिएको जानकारीअनुसार वर्षा जारी रहेकाले बाढीको खतरा अझै टरेको छैन ।उक्त काउन्सिलले प्रकाशन गरेको विज्ञप्तिमा यस बाढीमा परी ३० व्यक्ति घाइते भएका छन् भने अरु केही हराइरहेका छन् ।

यहाँको उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको समाचारहरुमा जनाइएको छ । यसअघि आएका केही समाचारहरुमा सो राज्यमा सबैभन्दा धेरै व्यक्तिको निधन भएको छ ।

उत्तरी र मध्य सुडानमा वर्षाले क्षति पु¥याएको छ । यहाँको सयौँ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा क्षति पुगेको छ । सरकारले यहाँका प्रहरी, सेना तथा अन्य उद्धारकर्मीहरु परिचालन गरेको छ । वर्षा गत हप्तादेखि नै जारी रहेकाले थप सतर्कता अपनाउन भनिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!