मङ्कीपक्सको सङ्क्रमण मानिसबाट कुकुरमा सरेर अवस्था थप भयावह बनेको डब्लुएचओको भनाई

SHARE:

एजेन्सी अगस्ट १८ ।

पछिल्लो समय तीव्र गतिमा फैलिइरहेको मङ्कीपक्सको सङ्क्रमण मानिसबाट कुकुरमा सरेको पाइएको छ ।

फ्रान्सको राजधानी पेरिसमा दुई जना पुरुषसँग बस्दै आएको कुकुरमा मङ्कीपक्सको सङ्क्रमण देखिएको विश्व स्वास्थ्य सङ्गठनलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । जनावरमा सङ्क्रमण सर्नु निकै गम्भीर विषय भएको भन्दै डब्ल्यूएचओले सङ्क्रमितबाट जनावरलाई टाढै राख्न भनेको छ । जङ्गली जनावरमा यो सङ्क्रमण फैलिएमा अवस्था भयावह हुन सक्नेछ ।

डब्ल्यूएचओका मङ्कीपक्सका विज्ञ रोजामुन्ड लुईसले पहिलो पटक कुकुरमा मङ्कीपक्स सरेको घटनाले जोखिम झनै बढाएको बताउनुभयो । उहाँले विशेषगरी कुकुर, बिरालो र घरेलु मुसासँग धेरै घुलमिल नगर्न सुझाव दिनुभएको खबरमा उल्लेख छ । विभिन्न क्षेत्रका र उमेर समूहका मानिसअनुसार मङ्कीपक्सका विभिन्न भेरिएन्ट पनि फैलिएको विषयले पनि चिन्ता थपेको जनस्वास्थ्यविद्ले जनाएका छन् ।

सन् १९५८ मा डेनमार्कको बाँदरमा पहिलो पटक देखिएको मङ्कीपक्स सन् १९७० मा मानिसमा सरेको पत्ता लागेको थियो । अहिले ९२ देशका ३५ हजार जनाभन्दा धेरैमा मङ्कीपक्स फैलिएको छ भने १२ जनाको ज्यान गइसकेको छ । गएको हप्तामात्रै सङ्क्रमितको सङ्ख्या २० प्रतिशतले बढेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!