मनोक्रान्ति टिम युकेले नेपाली मेलामा भाग लिने

SHARE:

लन्डन २५ अगस्ट । मनोक्रान्ति टिम युकेले यही २८ अगस्टमा तमुधिं युकेको आयोजनामा हुने नेपाली मेलामा भाग लिने भएको छ ।

बेलायतमा रहेका मनोक्रान्ति साधक, साधिका, रेकी हिलरहरु मनोक्रान्तिप्रेमी मनोक्रान्ति शुभचिन्तक, समर्थकहरु नेपाली मेलामा सहभागी हुने मनोक्रान्ति प्रवर्तक नगेन्द्र नेम्वाङले जानकारी दिए । नेपाली मेला अगस्ट २८ का दिन बिहान १० देखि राति ८ बजेसम्म केम्पर्टन पार्कमा हुँदैछ ।

‘संसारलाई बदल्नु छ सुरु आफैबाट गर्नु छ’ भन्ने महान् नाराका साथ युवा दार्सनिक गुरु डा.योगी विकाशानन्दबाट सिर्जित मनोक्रान्ती दर्शनको पहिलो आधार शारीरिकरुपमा स्वास्थ र मानसिकरुपमा प्रफुल्ल, आनन्द प्राप्तिका लागि योग ध्यान प्रणायम सन्तुलित भोजन, नियमित व्यायाम र गहन आरामबारे जानकारी गराइने प्रशिक्षकसमेत रहेका नेम्वाङले बताए ।

स्मरण रहोस्, २०१० मा मनोक्रान्ति प्रवर्तक नेम्वाङले नेपाली मेलामा २ घन्टा सिर्सासन प्रदर्शन गरेका थिए भने २०११ मा गोर्खा कपमा १२ घन्टा लगातार भाषण गरेका थिए । तमुधिं युकेद्वारा आयोजित गत सालको गोर्खा कपमा मनोक्रान्ति टिम युके महिला समूहले विजय हुन सफल भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!