नेपालमा थपिए दुई सय कोरोना संक्रमित, दुई जनाको मृत्यु

SHARE:

काठमाडौं सेप्टेम्बर ३ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका दुई सय जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ सय ३७ जनाको परीक्षण गर्दा दुई सय जनामा संक्रमण पुष्टि भएको हो । १३ सय ८१ जनाको पीसीआर गर्दा ९२ जनामा तथा २१ सय ५६ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ३ सय ३९ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ९७ हजार १ सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । दुई संक्रमितको निधन भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ४२ रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!