मञ्जु थापाको छोरीले जन्माएका आमाहरू सार्बजनिक

SHARE:

काठमाडौं सेप्टेम्बर १२ ।

लेखक मञ्जु थापाको कृति ‘छोरीले जन्माएका आमाहरू’ प्रज्ञा भवनमा अक्षर क्रिएसनले सार्बजनिक गरेको छ ।

छोरीले जन्माएका आमाहरूको कथामा उत्पीडित समुदायको आमा, विद्रोही आमाको, एकल आमाको कथा भएको लेखक तथा अभियन्ता सन्तोष परियारले बताएका छन् । उनले भने, ‘अब आमालाई सहनशीलतासँग मात्र सतही व्याख्या गर्नु हुँदैन । आमा विद्रोही चेतका पनि हुन्छन् ।

त्यस्तै, अहिलेको यस्तो समयमा आमाको कथा आउनु आफैँमा सुखद् पक्ष रहेको सन्चारकर्मी तथा वक्ता आरति चटौतले बताएकी छन् । आमालाई सामाजिक र जैविक आमा भनेर अलगअलग गरिएको बेला यो किताबले आमालाई मान्छेका मात्र रुपमा चित्रण गरेको बताएकी छन् ।

यो छोरीले आमाको बारेमा लेखेको कुनै भावनात्मक संवेदना मात्र होइन नारिवादको सत्यतालाई उजागर गरेको छ उनले भनिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!