नेपालमा डेंगु संक्रमणबाट हालसम्म ११ जनाको मृत्यु, १२ हजार बढी संक्रमित

SHARE:

काठमाडौं सेप्टेम्बर १५ ।

नेपालमा डेंगु संक्रमणको संख्या १२ हजारभन्दा माथि पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हालसम्म गत पुसयता यो वर्ष १२ हजार २१७ जना डेंगु संक्रमित भेटिएका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै विगत १५ दिनमा भेटिएका छन् । गएको डेढ महिनामा डेंगुबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

मन्त्रालयको विवरणअनुसार हाल सबैभन्दा धेरै संक्रमित बाग्मती प्रदेशमा रहेका छन् । बाग्मती प्रदेशमा हाल ९ हजार ३०४ जना डेंगु संक्रमित भेटिएका छन् । लुम्बिनी प्रदेशमा १ हजार ४७९ जना, प्रदेश १ मा ४०२ जना, मधेश प्रदेशमा १२३ जना, गण्डकी प्रदेशमा २४५ जना, कर्णालीमा १८४ जना र सुदूरपश्चिम प्रदेशमा ३८० जना डेंगु संक्रमित भेटिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!