विनेसाम पश्चिम शाखा बेलायतको त्रैमासिक गोष्ठी २४ सेप्टेम्बरमा

SHARE:

लन्डन १६ सेप्टेम्बर २०२२ । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) पश्चिम शाखा बेलायतको त्रैमासिक गोष्ठी यही २४ सेप्टेम्बरमा हुने भएको छ ।

सेप्टेम्बर १४ तारिख साँझ ७ बजे अध्यक्ष लालसुन्दर राईज्यूको अध्यक्षतामा बसेको भर्चुअल बैठकले साहित्यकार डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा त्रैमासिक गोष्ठी तयारीको निर्णय गरेको विनेसाम पश्चिम शाखा बेलायतका सहसचिव जित बुढाथोकी छन्त्यालले जानकारी दिए । उनका अनुसार गोष्ठीमा विनेसमाको ४ वटा शाखाका अध्यक्षहरूलाई निमन्त्रणा गरिएको, कार्यक्रम सञ्चालन साथै आशन ग्रहण सचिवबाट गरिने, स्वागत मन्तव्य नानु राना थापाबाट गरिने, बधाई कार्यक्रम गोमा रानाबाट गरिने तय भएको छ ।

त्यस्तै रचना वाचन कार्यक्रम सञ्चालन प्रतिमा केसीबाट र समीक्षा, धन्यवाद ज्ञापन र समापन अध्यक्ष लालसुन्दर राईबाट गर्ने तय भएको सहसचिव छन्त्याले जानकारी दिए । भर्चुअल बैठकमा लाल सुन्दर राई, गोमा राना, प्रतिमा केसी, सुमाया राई, देवी आले, नानु राना थापा, गंगा भण्डारी, मनु राना, जित बुढाथोकी छन्त्याल सहभागी थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!