प्रधानमन्त्रीद्वारा उपमहानगरपालिकाका प्रमुख सुब्बाको निधनप्रति दुःख व्यक्त

SHARE:

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले असल जनप्रतिनिधि र इमान्दार नेताको छवि भएका सुब्बाको निधनको अप्रत्यासित खबरले आफू मर्माहत भएको उल्लेख गरेका छन् ।

उहाँनले भनेका छन्, “दुःखद् घडीमा तारा सुब्बाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु । शोकाकुल परिवार र आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै गहिरो समवेदना व्यक्त गर्दछु ।”

निमोनियाबाट पीडित ५२ वर्षीय सुब्बाको आज काठमाडौँस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । तीन वर्षअघि मिर्गौला प्रत्यारोपण गराउनुभएका सुब्बा लामो समयदेखि मधुमेह रोगबाट समेत पीडित थिए ।

विद्यार्थी जीवनदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय सुब्बा तत्कालीन नेकपा ९एमाले० को धरान नगर कमिटी अध्यक्षसमेत थिए । उनका एक श्रीमती र एक छोरा छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!