सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

SHARE:

काठमाडौं सेप्टेम्बर २३ ।

 

सात बुँदे माग राखेर सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

धनगढीबाट सत्याग्रह सुरु गरेका डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज ल्याइयो ।
शुक्रबार अस्पतालले विज्ञप्ति जारी गरी डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको जनाएको छ । प्रयोगशाला परीक्षणको रिपोर्टमा केसीको शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा घट्दै गइरहेको र त्यसको आपूर्तिका लागि उनले इन्कार गरेको उल्लेख छ ।

डा.केसीले सात बुँदे माग राख्दै भदौ २७ गतेदेखि धनगढीमा अनसन सुरू गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि २९ गते बेलुका सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । डाक्टर केसीको टोलीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेर निरन्तर वार्ता भए पनि सफल हुन सकेको छैन । शुक्रबारको वार्ता पनि असफल भएको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

यसैबीच शनिबार बृहद् नागरिक आन्दोलनले डा. केसीको सत्याग्रहमा ऐकबद्धता जनाउँदै माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!