विश्व नेपाली साहित्य महासंघ पश्चिम शाखा बेलायतको त्रैमासिक साहित्यिक गोष्ठी भव्यताकासाथ सम्पन्न

SHARE:

जित बुढाथोकी छन्त्याल
सहसचिव
विनेसाम पश्चिम शाखा बेलायत।

२४ सेप्टेम्बर २०२२ – बेलायत

विश्व नेपाली साहित्य महासंघ पश्चिम शाखा बेलायतले संस्थाका अध्यक्ष लाल सुन्दर राईको अध्यक्षतामा त्रैमासिक साहित्यिक गोष्ठी बधाई तथा शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

संस्थाका सह-सचिव जित बुढाथोकी छन्त्यालद्वारा सञ्चालित उक्त साहित्यिक त्रैमासिक गोष्ठी बधाई तथा सुभकामना कार्यक्रमकाप्रमुख अतिथि प्राध्यापक डा.गोविन्दराज भट्टराईको उपस्थिति थियो भने विशेष अतिथि विनेसाम केन्द्रका अध्यक्ष सुरेन्द्र लिम्बु प्रदेशीविनेसाम केन्द्रका उपाध्यक्ष साथै विनेसाम दक्षिण शाखाका अध्यक्ष विजय हितान,महासचिव सुनीता राई कान्दाङवा विनेसाम नेपालशाखाका अध्यक्ष श्रीमती कल्पना पौडेल जिज्ञासु विनेसाम भारत शाखाका अध्यक्ष श्री राहुल राई बोगिको विनेसाम ताइवान शाखाकाअध्यक्ष श्री मनोज कँडेल विनेसाम म्यान्मार-थाइलैंड समन्वय समिति शाखाका अध्यक्ष श्री मोहनराज खनाल विनेसाम बेलायत पश्चिमशाखाका वरिष्ठ सल्लाहकार सुमाया राई विनेसाम पश्चिम शाखाका उपाध्यक्ष जानु काम्बाङ लिम्बु, विनेसाम दक्षिण शाखाकामहासचिव अमित थेबे, विनेसाम केन्द्रका सल्लाहकार विश्वासदीप तिगेलालगायत झन्दै तीन दर्जन साहित्यकारहरू उपस्थित थिए।

कार्यक्रममा स्वर्गीय बेलायती महारानी एलिज़ाबेथ द्वितीयकी सम्झनामा उहॉको आत्माको चीर शान्तिको लागि १ मिनेट मौन धारण गरिएको थियो।

विनेसाम बेलायत पश्चिम शाखाद्वारा सञ्चालित साहित्य गोष्ठी कार्यक्रमलाई विश्वासदीप तिगेलाज्यूले युट्युबबाट प्रत्यक्ष प्रसारणगर्नुभएको थियो।

विनेसाम बेलायत पश्चिम शाखाका कोषाध्यक्ष श्रीमती नानु राना थापाद्वारा स्वागत मन्तव्य दिनुभएको थियो भने विनेसाम बेलायत पश्चिम शाखाका मीडिया संयोजक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष गोमा रानाद्वारासञ्चालित बधाई तथा सुभकामना कार्यक्रममा विनेसाम केन्द्रमा नव निर्वाचित अध्यक्ष सुरेन्द्र लिम्बु प्रदेशी, उपाध्यक्ष विजयहितान,महासचिव सुनिता राई कान्दाङवा, विनेसाम बेलायतबाट प्रतिनिधि सदस्यहरू लाल सुन्दर राई, अमित मिहाङ थेबे,पार्षद सदस्यनानु राना थापा औतारी साँइला,साथै २४ ओटा देशका ३७ ओटा शाखा मध्य उत्कृष्ट सक्रिय सदस्य घोषित अमित मिहाङ थेबेज्यूलगायत सक्रिय शाखामा भारत शाखा भएकोमा सञ्चालिका गोमा रानाज्यूले बधाई तथा शुभकामना दिनुभएको थियो।

सो कार्यक्रममा विनेसाम पश्चिम शाखाकै सदस्य प्रतिमा केसीद्वारा सञ्चालित रचना वाचन कार्यक्रममा गोमा राना, सुमाया राई,प्रतिमाकेसी, गंगा भण्डारी, जित बुढाथोकी छन्त्याल, कुमार केसी, रघुनाथ भण्डारी, दुत पुन (चिम्खोले काँइला), नानु राना थापा, लिला सेलिङ माबो, देविका मग्रान्ति, डा.नाज सिंह, कल्पना पौडेल जिज्ञासु, मनोजकँडेल,मोहनराज खनाल, विजय हितान, सुरेन्द्र लिम्बु प्रदेशी, सुनिता राई कान्दाङवा, विश्वासदीप तिगेला, विमला तुम्खेबा, देविका मगरान्ती आदिले रचना वाचन गरेका थिए।

कार्यक्रमको अन्तमा प्रमुख अतिथि प्राध्यापक डा. गोविन्दराज भट्टराईज्यूले नेपाली साहित्य भाषालाई विनेसामले विश्वव्यापी बनाउदै गएकोमा ख़ुशी व्यक्त गर्दै उहाँले भाषा साहित्य विकासमा आफु सँधै साथ रहने छु भन्दै बेलायत भ्रमणको नियात्रा प्रकाशनमा रहेकोजानकारी गराउनु भयो।

अन्तमा अध्यक्ष लाल सुन्दर राईज्यूको आग्रहबाट संस्थाका मिडिया संयोजक श्रीमती गोमा रानाज्यूले कार्यक्रममा सहभागी सबैलाईधन्यवाद ज्ञापन दिँदै समापन गर्नुभएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!