मोती जयन्ती तथा दशैँ तिहार शुभकामना कार्यक्रम सम्पन्न

SHARE:

लन्डन, २५ सेप्टेम्बर २०२२ । नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतको संयुक्त आयोजनामा १५६ औं मोतीजयन्ती तथा दशैं तिहार २०७९ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमा सहभागी साहित्यकारहरुले एक आपसमा विजयादशमी तथा दीपावलीको शुभकामना साटासाट गर्दै आफ्ना निकै रोचक मुक्तक तथा गजलहरु वाचन गरेका थिए ।

भर्चुअल माध्यमबाट सम्पन्न कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोने प्रमुख अतिथि थिए भने चर्चित गजलकार शीतल कादम्बिनी र गजल गायक राज सिग्देल विशिष्ट अतिथि थिए ।

कार्यक्रममा गजलकार शितल कादम्बिनीले आफ्नो चर्चित गजल “कहाँ थियौ तिमी रंगमंच उठेपछी आयौ” लगायतका ३ वटा गजल वाचन गरेकी थिईन भने हाल कार्यक्रमकै सन्दर्भमा बेलायतमा रहेका गजल गायक राज सिग्देलले नेपाली गजलको छोटो चर्चा गर्दै डा. रुपक श्रेष्ठको रचना र आफैले गाएको गजल “झझल्को मात्र उनको आउँदा पनि दुख्छ” गाएर कार्यक्रम गुल्जार बनाएको कुरा प्रतिष्ठानका सदस्य कुमार केसीले बताए ।

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने,कोषाध्यक्ष निशा केसी, सदस्य गुप्तबहादुर श्रेष्ठ, नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नं १ का अध्यक्ष बाबुराम पोख्रेलले आफ्नो गजल तथा मुक्तक वाचन गरेका थिए । यस्तैगरी नेपाल मुक्तक प्रतिष्ठान बेलायतका अध्यक्ष दुर्गाप्रसाद पोख्रेल, उपाध्यक्ष प्रतिमा केसी, सल्लाहकार त्रय डा. रुपक श्रेष्ठ, बिनोद अधिकारी, सुमल कुमार गुरुङ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राज श्रेष्ठ, सदस्यहरु जीत बुढाथोकी छन्त्याल, कुमार केसी, नानु राना थापा, गंगा भण्डारी, अहिल्या कुँवर र कृष गुरुङले आफ्नो उत्कृष्ट रचनाहरु वाचन गरेका थिए ।

कार्यक्रममा अनेसासका उपाध्यक्ष माया गुरुङ तथा महासचिव मन्जु भण्डारीको पनि उपस्थिति रहेको थियो । नेपाल मुक्तक प्रतिष्ठानको शाखाहरुमा निकै सक्रिय रहेको बेलायत शाखाले नियमित रुपमा गर्ने बिभिन्न कार्यक्रम मध्य मोतीजयन्ती पनि एउटा हो । नेपालबाट प्रकाशित हुने शारदा तथा मुक्तक सागर पत्रिकामा हरेक वर्ष प्रणय बिशेष मुक्तक विशेषांक प्रकाशन गर्ने गरेको प्रतिष्ठानले हालै बरिष्ठ साहित्यकार सरुभक्तको हालसम्म प्रकासित सम्पूर्ण मुक्तकहरुको संग्रह प्रकासन गर्न थालेको कुरा डा. रुपक श्रेष्ठले बताएका छन ।

नेपाल मुक्तक प्रतिष्ठान बेलायतका अध्यक्ष्य दुर्गा प्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा साहित्यकार तथा नेपाल मुक्तक प्रतिष्ठान बेलायतका बरिष्ठ सल्लाहकार डा. रुपक श्रेष्ठले सबैलाई स्वागत गर्दै मोतीजयन्ती आयोजनाको सान्दर्भिकता बारे चर्चा गरेका थिए । करीब तीन दर्जन स्रस्टाहरुको उपस्थिती रहेको उक्त कार्यक्रम दुई चरणमा गरी सम्पन्न भएको थियो । पहिलो चरणको कार्यक्रम संचालन नेपाल मुक्तक प्रतिष्ठान युकेका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रतिमा केसीले गरेकी थिइन भने दोस्रो चरणको कार्यक्रम प्रतिष्ठानकी सदस्य अहिल्या कुँवरले गरेकी थिईन । करिब ३ घन्टासम्म निकै रोचक र भब्य रुपमा संचालन भएको कार्यक्रमका प्रमुख अतिथी, बिशेष अतिथि, अतिथी, आफ्ना सृजना वाचन गर्नु हुने सर्जकहरु तथा सहभागी सम्पूर्णलाई धन्यवाद दिँदै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतका अध्यक्ष राज श्रेष्ठले कार्यक्रम समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!