यो संसारमा मेरो भन्नु तिमी नै छौ
मेरो मनभरि मायाको वर्षा गरेकी छौ
साना साना कुरा पनि तिमीलाई सुनाउँछु
यो मनको भारि सबै तिम्रो सामु बिसाउँछु
एक्लो महसुस भएको बेला तिमीलाई खोज्छु
मेरो मनको खुसी तिमीबाट मिल्छ, यही सोच्छु
चोखो माया प्रिती देखाइएकी छौ तिमीले
हाँसी हाँसी सबै कुरा भनेकी छौ तिमीले
बस्छु यहाँ तिमी आउँछौ कि भनेर
मन खुसी बनाउ, एकचोटी मुस्कान दिएर
साना साना कुरा पनि तिमीलाई सुनाउँछु
यो मनको भारि सबै तिम्रोसामु बिसाउँछु






