चलचित्र ‘नालापानी’ को ट्रेलर सार्वजनिक

SHARE:

काठमाडौं सेप्टेम्बर २९ ।

आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक कथा वस्तुमा निर्माण भएको चलचित्र ‘नालापानी’ को ट्रेलर सार्वजनिक भएको छ ।

काठमाडौंस्थित विश्वज्योति सिनेमा हलमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । गत बिहीबार मात्रै चलचित्रको टिजर सार्वजनिक भएको थियो । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईलाई आधार बनाएर चलचित्र निर्माण भएको छ ।

बिहीबार सार्वजनिक करिब २ मिनेट ४१ सेकेण्ड लामो ट्रेलरमा अंग्रेजको बम बारुदकाबीच नेपालीले खुकुरी र ढुङ्गाले युद्ध गरेको देखाइएको छ । पानी मात्र पिएर आफ्नो देशको रक्षाको लागि युद्ध गरिरहेका नेपालीमाथि अंग्रजले त्यही पिउने पानीको मुहान नै बन्द गरिदिँदा को पीडालाई चलचित्रमार्फत देखाउन खोजिएको छ । प्रा.डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित नालापानीका नायक वीर बलभद्र पुस्तकमा आधारित रहेर इतिहासविद्हरू प्रा. डा. धनराज कुँवर, प्रा. डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा.डा. सुरेन्द्र केसी, पूर्व सहायक रथि डा. प्रेम सिंह बस्न्यातहरूसँग पटकपटक छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’ लगायतका पुस्तकमा आधारित रहेर ‘नालापानी’ तयार पारिएको हो ।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका डेभिड, बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य र निर्माण थपलिया रहेका छन् । साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय रहेको छ ।

चलचित्रलाई रिमेश अधिकारीले निर्माण तथा निर्देशन गरेका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!