नेपालमा डेंगु संक्रमणबाट ३८ जनाको मृत्यु, संक्रमितको संख्या २८ हजार नाघ्यो

SHARE:

काठमाडौं सेप्टेम्बर २९ ।

नेपालमा डेंगु संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार बिहीबार २ जना संक्रमितको मृत्यु भएको हो। यस्तै डेंगुबाट संक्रमण हुने संक्रमितको संख्या पनि २८ हजार नाघेको छ।

मन्त्रालयको विवरण अनुसार हाल देशभर २८ हजार १०९ जना डेंगु संक्रमित रहेका छन् । जसमध्ये सबैभन्दा धेरै संक्रमित वागमती प्रदेशमा रहेका छन् ।
हाल वागमती प्रदेशमा २१ हजार ९७५ जना संक्रमित रहेका छन् ।

प्रदेश १ मा ८२९ जना, मधेश प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ६७७, लुम्बिनी प्रदेशमा ३ हजार १२५ जना, कर्णाली प्रदेशमा २३८ जना र सुदूरपश्चिम प्रदेशमा ८५० जना डेंगु संक्रमित रहेका मन्त्रालयको तथ्यांक छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!