परापूर्वकालमा काठमाडौ उपत्यका तलाउ थियो । मञ्जुश्रीले चोभारको डा“डो काटेर पानीको निकास गरेपछि उपत्यकामा बस्ती बसाएको मानिन्छ । तर अहिले भने वर्षाको पानीले निकास नपाउ“दा राजधानी तलाउमा परिणत हुने गरेको छ । एक दिन पानी नपरे राजधानी धुलैधुलो हुने र केहीबेर घण्टा पानी परे बाढीले बस्ती डुवाउने समस्या पछिल्ला केही वर्षदेखि भइरहेको छ । गत बिहीबार हनुमन्ते खोलाका कारण भक्तपुरमा कोकोहोलो मच्चियो । अविरल वर्षापछि भक्तपुरमा आएको बाढी पहिरोमा परी तीनजनाको ज्यान समेत गुमाएका छन । सयौ घरमा पानी छिरेपछि बिस्तापित नै हुनु परेको थियो । हरेक बर्ष लगभग यस्तै नियति दोहोरिरहन्छ ।
हनुमन्ते खोला भक्तपुरमा पसेपछि बिहिबार भक्तपुरका धेरै स्थानहरु अस्तव्यस्त वन्यो । वर्षाले हनुमन्ते खोलामा आएको बाढीले समथर जमिनमा वनेका भौतिक संरचनाहरु डुवायो । केही घण्टाको अविरल तर औसत वर्षामै हनुमन्ते खोलाले मानव वस्तीलाई बगरमा परिणत गरिदिएको छ । हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको राममन्दिर, सल्लाघारी तिनकुने क्षेत्र हुदै मध्यपुर ठीमीका विभिन्न स्थानहरु डुबानमा परे । २०५१ सालमा यस क्षेत्रमा ठूलो डुबानको समस्या देखिएको थियो । अहिले २४ वर्षपछि फेरि डुवानको समस्या बिकराल रुपमा देखिएको छ । सानातिना डुवान त बर्षैपिच्छे हुन्छन् । यो मानवीय कारणले भएकोमा दुइमत छैन । खोला अतिक्रमणको चपेटामा परेको हनुमन्तेमा आएको पानीका कारण यस्तो नियति भोग्न स्थानीय बाध्य बनेको कुरालाई बिर्सन मिल्दैन ।
खोलाको जग्गाका मिच्दै ठूलाठूला भवन बनाइएको कारण खोला खुम्चिन बाध्य भएको छ जसको कारण वर्षा निरन्तर पर्ने बित्तिकै हनुमन्तेले आफनो तान्डव सुरु गर्ने गरेको छ । खोलाको किरानालाई बिभिन्न भूमिफिया प्रबेशगरी बस्ती बिकास संगै खोलाको जमिन व्यक्तिले राजाइ गर्दा बाढिले सहरमा क्षति गर्ने गरेको छ । हनुम्ँन्त खोलालाई सहजै निकास दिन सकेको भए भक्तपुर उद्धारमा क्रेन र डुंगा प्रयोग गर्नु पर्ने थिएन। बाढीका कारणघर भित्र जलमग्न, खाद्यान्न र लत्ताकपडा भिजेर बिजोग हुनु पर्ने अवस्था पर्ने थिएन ।
मानवीय क्रुटिको कारण खोलाले मान्छेलाई नै सताइरहेको छ । खोलाको भागलाई मिचेर ठुलठुला भौतिक संरचना बनाउनुले पानी पर्नासाथ आत्तिउनु पर्ने अवस्था आइरहेको छ । यसरी खोलाको दोहन गर्नेहरु घरलाई तत्काल हटाएर पानी निकासको बाटो बेलैमा पहिचान नगरेको अबको आउने वर्षाको पानीले यो भन्दा ठुलो भयावह निम्ताउने सक्छ । हनुमन्ते खोलामाथि अक्रिक्रमण बिगत लामो समयदेखि हुदै आएको छ । कसैको निहित स्वार्थको कारण खोलाको बहाबलाई नै परिर्वतन काम समेत हुदै आएको छ । यो क्रमले आगामी वर्ष पनि डुबान पर्ने निश्चित छ । त्यसैले थिचोमिचोमा परेको खोलाले ओगटेको जग्गा खाली गर्दै डुबान हुनबाट जोगाउनु नै उत्तम विकल्प हुनसक्छ । होइन भने यो नियति दोहोरिरहने छ ।






