लन्डन १७ जुलाई २०२२ । किरात राई यायोक्खा बेलायतले ‘राजेश पायल राई एकल सांगीतिक साँझ तथा सम्मान कार्यक्रम’ आउँदो १२ नोभेम्बरमा गर्ने मिति तय गरेको छ ।
अध्यक्ष चन्द्रबहादुर राई, उपाध्यक्ष एवं कार्यक्रम संयोजक सुमनचन्द्र राई र महासचिव चन्द्रवती राईले १६ अक्टोबर आइतबार विज्ञप्ति निकालेर उक्त कार्यक्रम १२ नोभेम्बरमा अल्डरसटको एम्पायर हलमा हुने जानकारी दिएका हुन् । यसअघि १९ जुलाईमा तय भएको कार्यक्रम सम्पूर्ण तयारी पूरा भए पनि गायक राईको भिसा रसिया र यूक्रेनबीच जारी युद्धको कारण अनिश्चित भएकोको भन्दै कार्यक्रम स्थगित गरिएको थियो ।
कार्यक्रममा सुप्रसिद्ध गायक राजेश पायल राई, नेपाली गीत संगीतप्रेमी बेलायतवासी दिदीबहिनी, दाजुभाइहरुलाई उपस्थित भइदिन किरात राई यायोक्खा बेलायतले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।






