विनेसाम दक्षिण यूकेको पहिलो बैठक सम्पन्न

SHARE:

आसफोर्ड, १७ अक्टोबर । विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूकेको चौंथो कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । तेस्रो अधिवेशनबाट निर्वाचित कार्य समितिले आइतबार बैठक राखेको हो ।

भर्चुअल रूपमा भएको बैठक नवनिर्वाचित अध्यक्ष थिर थापा मगरको अध्यक्षतामा भएको थियो । ब‌ैठकले दुई वर्षे कार्यकालका लागि नीति तथा निर्देशनात्मक कार्य सूची आवश्यक परेर संशोधन गर्ने गरी पारित गरेको थियो । त्यसैगरी, जारी गोरखा इतिहास महिना (गोरखा हिस्ट्री मन्थ)का लागि पनि सक्दो सहयोग गर्ने निर्णय गरेको छ । विनेसाम दक्षिण यूके र पश्चिम यूके शाखाहरू मिलेर यहीँ नोभेम्बर १२ मा युद्ध साहित्य गोष्ठी पनि आयोजना गर्दैछ । गोष्ठीमा युद्ध साहित्यबारे परिचर्चासँग देश विदेशका साहित्यकारहरूले युद्ध सिर्जना वाचन गर्दैछन् । त्यस्तै, गोष्ठीको पूर्वसन्ध्यामा युद्ध गीत लेखन प्रतियोगिता पनि आयोजना गरिनेछ ।

विनेसामले आफ्नो कार्यकालभित्र युद्ध गीति संगालोको अभियानलाई पूर्णता दिने समेत अध्यक्ष मगरले बताए । यसअघि, इको(पर्यावरणीय) गीतहरू तयार गरिसकेको छ । बैठकले आइतबार दिवंगत भएका साहित्यकार एवम् संस्कृतिविद् सत्यमोहन जोशीको निधनमा दु:ख व्यक्त गर्दै शोक सन्देश समेत पारित गरेको छ ।

सचिव अमित थेवेले सञ्चालन गरेको बैठकमा केन्द्रीय उपाध्यक्ष एवम् संरक्षक विजय हितान मगर, सल्लाहकारहरू ओैँतारी साइला गुरूङ, गणेश पुन, उपाध्यक्ष सर्वधन थुलुङ राई, सहसचिव लाहाङ चेम्जोङ, सदस्य ज्ञानु फुरुम्वो लिम्बु सहभागी थिए । विनेसाम पश्चिम यूकेको स्थापना सन् २०१६ मा भएको थियो । गत अक्टोबर २ मा शाखाको तेस्रो अधिवेशन सम्पन्न भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!