बेलायतमा नोभेम्बर अन्तिम साता चौथो ‘अन्लिस योइर इन्नर सेल्फ’ कार्यक्रम हुने

SHARE:

लन्डन १२ नोभेम्बर २०२२ । मानिसलाई कसरी सार्थक तथा अर्थपूर्ण जीवन जिउने भन्नेबारे फानबोरोमा यही नोभेम्बर अन्तिम साता चौथो ‘अन्लिस योइर इन्नर सेल्फ’ कार्यक्रम हुने भएको छ ।

नेपालमा चिरपरिचित साइकोलोजी कोच इन्द्र गुरुङ, मोहन गुरुङ, श्याम श्रेष्ठ, सुमन पुन, मान गुरुङ, मेजर रि. हितमान गुरुङ, मेख गुरुङलगायतको उपस्थितिमा कार्यक्रम हुन लागेको हो । कार्यक्रम शनिबार २६ र आइतबार २७ नोभेम्बर २०२२ मा बिहान ९ देखि बेलुकी ३ बजेसम्म भिलेज होटेल फार्नबोरो र  होलिडे इन् होटेल फार्नबोरोमा हुने आयोजक मान गुरुङले जानकारी दिए ।

कार्यक्रमबाट सोच विचारमा सकारात्मक विकास हुने, शारीरिक व्यायाम तथा लचकता, मनोरन्जन, जीवन जिउने पद्धति सिक्ने, व्यवसायसम्बन्धी सिप सिक्ने, सफल व्यक्तिको सफल सुत्रहरु सिक्ने, भेटघाट गर्ने, चिन्ने आदि महत्वपूर्ण अवसर मिल्ने जीआरएनसी यूकेका अध्यक्षसमेत रहेका गुरुङले बताए । उनले केही व्यक्ति मात्रै प्रत्यक्ष संलग्न हुन पाउने भएकोले छिटो आफ्नो सिट सुरिक्षित राख्न आग्रह गरे । जूमबाट पनि सहभागिता जनाउन सकिने जनाइएको छ । उनले टिकेट अनलाइनबाट किन्न पाइने जनाए ।

कार्यक्रमबाट फाइदा रकमको केही प्रतिशत सामाजिक सेवामा प्रयोग गरिने आयोजक मान गुरुङले जनाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!