काठमाडौं नोभेम्बर २१ ।

नेपालमा डेंगुबाट आज एकैदिन ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुबाट आज ३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा डेंगुबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । आज एकैदिन १ हजार ३८० जना डेंगुका बिरामी थपिएको पनि मन्त्रालयले जनाएको छ ।
यसैबीच १८ जना कोरोना संक्रमित आज निको भएर घर फर्कंदा ४ जना संक्रमित मात्र थपिएका छन् । हाल देशभर ४०६ जना कोरोनाका सक्रिय संक्रमित
रहेका छन् ।






