नेपालमा डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ६२ पुग्यो

SHARE:

काठमाडौं डिसेम्बर १ ।

नेपालमा डेंगु रोगको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

गत साउन महिनादेखि फैलिएको डेंगुबाट हालसम्म ५३ हजार ९ सय ५१ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुबाट २०७९ साउनदेखि हालसम्म ६२ जनाको मृत्यु हुनुका साथै ५३ हजार ९ सय ५१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । नेपालमा सन् २००४ मा एक जनामा देखिएको डेंगु सन् २००६, २०१९मा उच्च विन्दुमा संक्रमित रहेको अवस्था थियो ।

तर यो बर्ष सन् २०१९ भन्दा दोब्बरले संक्रमितको संख्यामा बृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अझै पनि नेपालमा डेंगुको खतरा टरी नसकेको मन्त्रालयले जनाएको छ । देशभर डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउनुका साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन मन्त्रालयले पुनः आग्रह गरेको छ । यो एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ अर्थात् २००४ मा डेंगुका बिरामी देखिएका थिए ।

नेपालमा धेरै बिरामी हुनुको प्रमुख कारण जलवायु परिवर्तन लगायत फोहोर मैला व्यवस्थापनमा ध्यान दिन नसक्नु रहेको स्वास्थ्य विज्ञहरुको भनाई छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!