पहिचान पुरस्कार ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र ‘गुरु’ उपन्यासलाई [विज्ञप्तिसहित]

SHARE:

लन्डन २५ डिसेम्बर २०२२ । पहिचान पुरस्कार कोषले २०७८/२०७९ को पहिचान पुरस्कार अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्वारा सङ्कलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

लालीगुराँस नगरपालिका तेह्रथुमका नगर प्रमुखसमेत रहेका अर्जुनबाबु माबोहाङ लिम्बु जातिको विषयमा खोज अनुसन्धान गर्छन् । विषेशगरी मुन्धुमको जीवन दर्शनलाई नजिकबाट अध्ययन गर्छन् । उनी मुन्धुम दर्शनको अध्येता हुन् । अमित थेवे मिहाङ हाल रोजगारीको लागि बेलायतमा रहेका छन् ।

उनी युवा कवि, पत्रकार र सामाजिक अभियन्ता हुन् । उहाँहरुको संकलन र लेखनमा प्रकाशित भएको पुस्तक हो, ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ । यो महत्वपूर्ण दस्तावेज हो । जसलाई उनीहरुले आम समाजमा उपस्थित गराएका छन् । आफ्नो मातृभाषालाई आफ्नै लिपिमा लेखिनु ऊ बेला सामान्य विषय थिएन । मातृभाषा र लिपिको संरक्षण गरिएको ऐतिहासिक दस्तावेज पनि हो । धरानको विजपुरमा क–कस्ले राज्य गर्‍यो र सेनवंसीहरुको उदय कसरी भयो भन्ने विषय यस पुस्तकमा आएको छ ।

कविता राई शिक्षक हुन् । काठमाण्डौंभन्दा धेरै टाढा भोजपुरको एक स्कूलमा पढाउँछिन् । साथै कविता र आख्यान लेख्छिन् । ‘गुरु’ उपन्यास सरल गाउँले जनजीव्रोमा जोडिएको भाषा शैलीमा लेखिएको छ । विशेषगरी जनयुद्धको विषयलाई वादी र प्रतिवादी नभई लेखिएको छ । पूर्वी पहाडदेखि पश्चिम लमजुङको दुराडाँडासम्मको कथा र कथाका पात्रहरु यसमा जोडिएका छन् ।

संस्थाले जनाएअनुसार, चैत्र ४ गते भोजपुरको चखिया डाँडामा पुरस्कार वितरण गरिने छ । गतसाल पनि चखियामा चैत्र ४ गते नै पुरस्कार प्रदान गरिएको थियो । चैत्र ५ गते एक दिने ‘काब्य मुन्दुम पथ यात्रा’ गर्ने तालिका तय गरेको छ । उक्त यात्राको आउने पाहुनाहरुलाई खान र बस्नको लागि नि:शुल्क ब्यवस्था गरिने संस्थाले जानकारी गराएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!