नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, २१ जना सक्रिय संक्रमित

SHARE:

काठमाडौं ७ जनवरी २०२३ ।

नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

लामो समयपछि नेपालमा फेरि कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टीजेन गरी पाँच सय ५५ जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई जना कोरोना संक्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका २१ जना सक्रिय संक्रमित रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!