प्रधानमन्त्री ओलीले भने,  ‘डाक्टरको जागिर खाएर हड्ताल गर्न पाइँदैनु’

SHARE:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण गरिने बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टरले मंगलबार पार्टी केन्द्रीय कार्यलयमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले सरकार गठन भएकै दिनदेखि हनिमुन मनाउन नदिने भन्दै कांग्रेसले बखेडा झिकेको बताए । “हामी हनिमुन मनाउन आएका होइनौं । काम गर्न आएका हौं” प्रधानमन्त्री ओलीले भने “सरकार गठन भएका दिनदेखि अपदस्थ गर्छौं भन्नेहरुलाई थाहा हुन पर्‍यो चुनावबाट मात्र अपदस्थ गर्न सकिन्छ । जसरी हामीले कांग्रेसलाई अपदस्थ गर्‍यौं । ”

प्रधानमन्त्री ओलीले कम्यूनिष्टहरुको सरकार आएको मन नपराउनेहरु अहिले विभिन्न नाममा आन्दोलनमा लागेको बताए । “उनीहरुलाई खटपट भएको छ, जसले प्रचण्डको टाउको ल्याउनेलाई ५० लाख दिन्छौं भनेका थिए । उही व्यक्ति शासनमा छ अहिले । जसले मलाई जेलमा षडाउन खोजेका थिए उही व्यक्ति प्रधानमन्त्री छु अहिले” प्रधानमन्त्री ओलीले भने “यो षडयन्त्र हुन्छ भन्ने कुरा हामीलाई पहिल्यै थाहा थियो । त्यस कारण यस्ता षडयन्त्रबाट डराउनु पर्ने केही छैन ।”

प्रधानमन्त्री ओलीले कांग्रेसलाई प्रश्न गरेका छन् “कांग्रेस लोकतान्त्रिक पार्टी हो कि होइन रुकतिपय ठाउँमा बस्त्र उतारेर बोलेको छ । कतिपय ठाउामा बुर्का ओडेर बोलेको छ । ” नेपालमा अब लोकतन्त्रको नेतृत्व नेपाल कम्यूष्टि पार्टीले गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले सेतो एप्रोन लगाएर एउटा पार्टीको कार्यकर्ता हुन नमिल्ने बताए । “बिरामीको उपचार गर्ने जागिर खाएर हड्ताल गर्ने रु” प्रधानमन्त्री ओलीले भने “डाक्टरको जागिर खाएर हड्ताल गर्न पाइँदैन भनेर सबैले बुझ्नु पर्दछ । ”

प्रधानमन्त्री ओलीले मन्त्रीहरुका अनुपयुक्त बोलीमा आफ्नो ध्यान भएको बताए । त्यस्ता कुराहरुलाई विधिसम्मत ढंगले सम्बोधन हुने उनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!