बेलायतवासी साहित्यकार एवं गीतकार एकेन्द्र गुरुङ पुरस्कृत

SHARE:

लन्डन २४ जनवरी २०२३ । बेलायतवासी साहित्यकार एवं गीतकार एकेन्द्र गुरुङ पुरस्कृत भएका छन् ।

गुरुङ नेपाल भ्रमणमा रहेका बखत स्टार्स फाउन्डेशन नेपाल र स्टार्स स्टुडियो प्रालि पोखराद्वारा आइतबार आयोजित एक कार्यक्रममा ‘स्व. तिलमाया गुरुङ स्मृति सम्मान पुरस्कार २०७९’ बाट पुरस्कृत भएका हुन् । १० हजार ५० रुपैयाँ राशिको उक्त पुरस्कारसहित दोसल्ला, सम्मानपत्र पुरस्कार स्टार्स स्टुडियोकी प्रबन्धक एवम् स्टार्स फाउन्डेशन नेपालकी अध्यक्ष जसु गुरुङलगायत उनको परिवारले स्रष्टा गुरुङलाई प्रदान गरे ।

नेपाली कला, भाषा, संगीत, साहित्य, संस्कार संस्कृतिमा योग्दान पुर्‍याउने विशेष व्यक्तित्वहरुलाई प्रदान गरिने उक्त पुरस्कार स्टार्स स्टुडियोकी प्रबन्धक एवम् स्टार्स फाउन्डेशन नेपालकी अध्यक्ष जसु गुरुङले सदैव आफ्नो प्रेरणाको श्रोत आमाको सम्झनामा आमालाई जिवन्त राख्न स्थापना गरेकी हुन् ।

पुरस्कृत भएका साहित्यकार, गीतकार एवं समाजसेवी गुरुङ लामो समयबाट भाषा, संस्कृति, साहित्य तथा गीत रचनामा सक्रिय छन् । क्होलासोंथर गाउँपालिका-६ पसगाउँ लमजुङमा जन्मिएका गुरुङ हाल परिवारसहित बेलायतमा बसोबास गर्छन् । उनका ‘धर्तीमा जून गीतसंग्रह’, मनका तरंगहरु लेखसंग्रह’ प्रकाशित छन् भने ‘बेलायतमा नेपाली गीत’ आफ्नै सम्पादनमा प्रकाशन गरेका छन् ।

यसअघि उनले तमुधिं यूकेबाट ‘आदर्श तमु’, तमुधिं नेपालबाट ‘आदिकवि हर्कबहादुर स्मृति सम्मान’, रसमुर बोरो काउन्सिल भोलुनटेरिङ अवार्ड २०१९, तमु ह्युल छोंज धिं लमजुङबाट सम्मानपत्र तथा बुद्धोदय उच्च माध्यमिक विद्यालय गलिङ लमजुङबाट कदरपत्र पाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!