सुर्खेतमा जिप दुर्घटना ९ जना घाइते, ३ को अवस्था गम्भीर

SHARE:

सुर्खेत, सुर्खेतको सिम्ता गाउँपालिका–६ गजौडा नजिकै जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

नेपालगन्जबाट जाजरकोट जाँदै गरेको भे १ ज ७७२ नंको सनराइज यातायातको जीप मंगलबार दिउँसो १ बजेतिर दुर्घटना हँुदा नौ जना घाइते भएका हुन् । घाइते हुनेहरूमा कुशे गाउँपालिका–५ जाजरकोटकी ३ वर्षीया प्रमाकुमारी रोकाय, बारेकोट गाउँपालिका–६ की २५ वर्षीया हरिकला रोकाय, २७ वर्षीय मीनप्रसाद महतारा, उनका छोरा दुई वर्षीय आयुस महतारा, चार वर्षीया छोरी मानवी महतरा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक कवि सेञ्चुरीले जानकारी दिए ।

त्यस्तै, सल्यानको कुमाख गाउँपालिका–५ की ५५ वर्षीया विष्णुकुमारी शाही, पूजा बुढाथोकी र राप्ती सोनारी गाउँपालिका–२ बाँकेका दीपक सेन पनि घाइते भएको सेञ्चुरीले बताए । घाइते तीन जनालाई जनबन्धु पोलिक्लिनिकमा सामान्य उपचारपछि नेपालगन्ज पठाइएको र अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको जिप ‘ब्रेक फेल’ भएर सडकदेखि १५ मिटर तल खसेकोे प्रहरीले बताएको छ । जीप चालक बाँके कोहलपुरका विवेक सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बादे पिपल सुर्खेतले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!