त्रिशूलीमा बस खस्दा सात जनाको मृत्यु

SHARE:

चितवन । इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार मृत्यु हुनेमा चार पुरुष, दुई महिला र एक बालक रहेका छन् । पाँच जनाको घटनास्थलमा तथा दुई जनाको उपचारका लागि अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको हो । घाइतेमध्ये ११ जनाको चितवन, पाँचको पोखरा तथा एक जनाको धादिङमा उपचार भइरहेको छ ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि त्रिशूलीमा खसेको हो ।

१. जिल्ला पाल्पा बेगनासकालिका गा।पा। बस्ने बर्ष ३२ को अर्जुन न्यौपाने ( मृतक ।
२. हाल नाम थर वतन नखुलेको अं।बर्ष २र३ को बालक ( मृतक ।
३. हाल नाम थर वतन नखुलेको अं।बर्ष १८र१९ की महिला( मृतक ।
४. जि. तनहुँ भानु न.पा.५ बस्ने बर्ष २७ को सुमित श्रेष्ठ ( मृतक ।
५. जिल्ला तनहु भन्सार बस्ने अं। बर्ष २७ की कमला श्रेष्ठ मृतक ।
६. जिल्ला काठमाण्डौ बस्ने बर्ष ३० को रबिन गुरुङ मृतक ।
७. जिल्ला तनहुं केशवटार बस्ने बर्ष ४० को बाबुराम तिवारी, मृतक।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!