सरकार र डा केसीबीचको सहमति स्वागतयोग्य–काँग्रेस प्रवक्ता शर्मा

SHARE:

काठमाडौँ, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार र डा गोविन्द केसीबीच गएराति भएको सहमतिको स्वागत गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय ललिपुरमा शुक्रबार पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिको इमान्दारपूर्वक कार्यान्वयनले नेपालको चिकित्सा शिक्षामा सुधार र अग्रगतिका लागि महत्वपूर्ण योगदान पुग्ने बताए ।

उनले काँग्रेस नेतृत्वको सरकारले जारी गरेको अध्यादेशअनुसार १० वर्षसम्म काठमाडौँ उपत्यकामा मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले पाँच वटाभन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने, स्नातक तहमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने लगायतकै विषय समेटेर सहमति हुनु स्वागतयोग्य हो भने ।

चिकित्सा शिक्षाका लागि सत्याग्रहका माध्यमबाट निरन्तर दबाब दिँदै आएका डा केसीको पछिल्लो अनशनलाई अन्तिम अनशन बनाउन सत्तापक्ष र प्रतिपक्ष दुवै गम्भीर र जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

सहमतिको इमान्दार कार्यान्वयन हुने विश्वासका आधारमा संसद्मा हालै प्रस्तुत गरिएको चिकित्सा शिक्षा विधेकप्रतिको विरोधको सूचना पार्टीले आजै संसद्बाट फिर्ता लिएको सो अवसरमा उनले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!