बेलायतमा स्थापित चार लाख राशिको पहिचान पुरस्कार प्रदान

SHARE:

लन्डन १९ मार्च २०२३ । बेलायतमा स्थापित पहिचान पुरस्कार कोषले यस वर्षको पुरस्कार वितरण गरेको छ ।

भोजपुरको चखियामा शनिबार एक कार्यक्रमबीच चार लाख दुई हजार दुई रुपैयाँ राशिको पुरस्कार यस वर्ष अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्वारा संकलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रुपमा प्रदान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा पहिचान पुरस्कार वितरण गरिएको हो । पुरस्कृत स्रष्टाहरुको धार्मिक संस्कार अनुसार पुरस्कार वितरण गरिने परम्परा अनुसार तीनै जना स्रष्टालाई नाक्छोङ–फेदाङ्मा जितु राईबाट शिर उभाएर (सायाचोक्मा–मांगेना) गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि कुलपति राईले पहिचान पुरस्कारले लेखकहरुलाई सम्मान मात्र नगरी उनीहरुलाई आर्थिक रुपमा पनि सहयोग पुर्‍याएको उल्लेख गरे । एउटा अभियानबाट निर्माण गरिएको पुरस्कार भएकोले यसले आफ्नै महत्व र पहिचान बोकेको धारणा व्यक्त गरे । टेम्के शिर भएको सुन्दर ठाउँ चखिया र मुन्दुमपथको एउटा महत्वपूर्ण ठाउँमा आउन पाएकोमा खुशी व्यक्त गर्दै आयोजकलगायत स्थानियवासीलाई कुलपित राईले धन्यवाद दिएका थिए ।

सिर्जनशील अराजक आन्दोलनका अभियन्ता कवि हाङयुङ अज्ञात विशेष अतिथि  रहेको कार्यक्रममा सृजनशिल अराजक आन्दोलनका अभियन्ता, पहिचान पुरस्कार विजेता प्राज्ञ राजन मुकारुङ, प्राज्ञ मुना राज शेर्मा, प्राज्ञ चन्द रानोहँछा, गाउँपालिका अध्यक्ष सरोज बस्नेत, पूर्व अध्यक्ष धुर्वराज राई, वडा अध्यक्ष हर्कराज राई (रुकेश), वडा अध्यक्ष नवराज राई, राजेश विद्राही, कृष्ण बराल, देवान किराती, विराट किराती, ईच्छा पुर्ण राई, राम चन्द्र राई, प्रकाश दिपसाली, सेलीङ केसी, सांङ्सेन पन्धाक, केजी सुब्बा, ईन्द्र नारथुङ्गे, पावी हाङ राई, सविता फागो, करुणा राई, मुकुन्दा प्रयास, पर्वत राई, कमलजंग राई, ओम डिसि आर, केशर राई, जयन्ती जुब्लि किराती, ईन्द्रसुर वेल्टारे, शंकर देव राई, एकसन राई, विवेक राई, नविन मास्के, मनिता खिम्दुङ, अधिराज राई, बालकुमार राई, नेत्र राई, प्रदुङ्ना घिमिरे लगायत अतिथिको उपस्थिति थियो । उपस्थित सबैलाई अतिथिको रुपमा गुराँसको माला लगाईदिएर सम्मान गरिएको थियो ।

कार्यक्रम व्यवस्थापन टेम्के मैयुङ गाउँपालिका, नव प्रतिभा युवा क्लव, चखिया व्यवस्थापन समिति र टेम्के मैयुङ गाउँपालिका वडा नम्बर ४ को चोक्ला कातिकेद्धारा गरिएको थियो । पहिचान पुरस्कारका संस्थापक नरेश काङमाङ राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य बोर्डका अध्यक्ष प्रकाश नुमीहाङ राईले गरेका थिए । कार्यक्रमको सञ्चालन जिवन किरातीले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!