जानु काम्बाङ लिम्बूलाई ‘भीम स्मृति साहित्य पुरस्कार’

SHARE:

लन्डन २० मार्च २०२३ । लामो समयदेखि नेपाली साहित्य क्षेत्रमा सक्रिय जानु काम्बाङ लिम्बू पुरस्कृत भएकी छन् ।

धरानमा आइतबार अन्तर्राष्ट्रिय साहित्यिक समूहले आयोजना गरेको कार्यक्रममा साहित्यकार एवं गीतकार लिम्बूलाई ‘भीम स्मृति साहित्य पुरस्कार’ प्रदान गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा आयामेली शिखर कवि बैरागी काइँला (तीलविक्रम नेम्वाङ)ले हस्तान्तरण गरिएको पुरस्कार साहित्यकार लिम्बुको अनुपस्थितिमा नेपाली प्रतिभा प्रतिष्ठान यूकेका महासचिव देवेन्द्र खेरेसले ग्रहण गरेका थिए । पुरस्कारमा नगद ११ हजार १ सय ११ सहित प्रमाणपत्र रहेको छ ।

स्व. भीमबहादुर स्मृति प्रतिष्ठान परदेशी साहित्यिक समूहका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले आफ्नो बुबाको नाममा स्थापना स्थापना गरेको पुरस्कार पहिलो पटक लिम्बूले पाएकी हुन् ।

बेलायतमा रहेर लामो समयदेखि नेपाली साहित्यसेवा गर्दै आएकी लिम्बू हाल हङकङमा छिन् ।

उक्त कार्यक्रममा सगरमाथा आरोहण गर्ने प्रथम किरात चेली पत्रकार देउराली चाम्लिङलाई वरिष्ठ लोक गायिका कविता आलेद्वारा सम्मानपत्र हस्तान्तरण गरिएको थियो । त्यस्तै, उपस्थित नभए पनि नेपाली साहित्यका चर्चित उपन्यासकार तथा प्रसिद्ध साहित्यकार लिलबहादुर क्षेत्रीलाई “भीमबहादुर स्मृति सम्मान २०७९” प्रदान गरियो । क्षेत्रीको सम्मानपत्र उनको तर्फबाट इटहरीका शिक्षासेवी ज्ञानेन्द्र दाहालले ग्रहण गरेका थिए भने प्रमुख अतिथि कवि काइँलाले हस्तान्तरण गरेकाथिए ।

कार्यक्रममा कवितासंग्रहहरु “लेकबेंसीको स्पन्दन”, “म युग बगिरहेको छु”, “प्रिय मान्छेहरु” र साहित्य संग्रह “परदेशी बिम्बहरु”को वर्ष १४, अंक १४ को सामूहिक लोकार्पण गरिएको थियो । परदेशी साहित्यिक समूहका अध्यक्षसमेत रहेका कवि तथा साहित्यकार सुरेन्द्र लिम्बू परदेशीको नयाँ कवितासंग्रह “प्रिय मान्छेहरु” बारे युवाकवि सुदीप पाख्रिनले समीक्षा गरेका थिए ।परदेशी साहित्यिक समूहबाट वर्षेनी प्रकाशन गरिँदै आएको साहित्य संग्रह “परदेशी बिम्बहरु” को वर्ष १४, अंक १४ माथि पत्रकार देबेन्द्र कार्कीले समीक्षा गरेका थिए ।

समूहका उपाध्यक्ष साहित्यकार भीम विरही राईद्वारा सञ्चालित कार्यक्रममा कविता आइडलमा १२ औं स्थानमा आफ्नो नाम सुरक्षित गर्न सफल धरानकी कवि छबिना लुङ्गेली मगर, दार्जिलिङका कवि बिशाल नाल्बो, सबिता फागो चोङबाङलगायतले कविता वाचन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!