भक्तपुरमा पर्यावरणीय साहित्यिक पदयात्रा सम्पन्न

SHARE:

भक्तपुर २६ मार्च २०२३ । ‘अर्थ आवर-२०२३’को अवसरमा भक्तपुरमा ‘पर्यावरणीय पदयात्रा’ सम्पन्न भएको छ ।

वन तथा वातावरण साहित्यिक समूह र समता प्राकृतिक पदयात्रा समूहको आयोजनामा चैत ११ गते शनिबार सूर्यविनायकदेखि रानीकोट हुँदै लाकुरीभन्ज्याङ अनि बिरुवासम्मको पदयात्रा सम्पन्न भएको हो | पन्ध्र जना साहित्यकार एवं पर्यावरणीय साहित्य लेखकहरुको सहभागितामा बिहान ठीक ९ बजे सुरु भएको पदयात्रा सूर्यविनायकको लालीगुराँस, काफल, सल्ला, चिलाउने, कटुस, उत्तीस, पैयुँलगायतका प्रजाति भएको घनाजंगल पार गर्दै घ्याम्पेडाँडाको पर्यटकीयस्थल हुँदै ४ घण्टाको उकालो यात्रा तय गरेर रानीकोटमा पुगेर एक आपसमा परिचयसहितअघि बढेको थियो |

पदयात्रामा अभय श्रेष्ठ, हिमलाल श्रेष्ठ, श्रीबाबु कार्की, बिजय हितान, तोयानाथ सुवेदी, शिशिर चालिसे, स्तुति चालिसे, सुनिता अधिकारी, राजन नेवा, हिमालचन्द्र बराल, भीम प्रसाद न्यौपाने, सचिन चिमिरे, उद्दब थापा, राममणी ढुंगेल, रबिन रचलिका सहभागि थिए | परिचयकै क्रममा आ-आफ्नो पेशागत संलग्नता, विशेषज्ञता, अनुभव अनि साहित्यिक रुची अभिरुचिको पक्षको उजागर गरिएको थियो | साथै सो समयमा विश्वभर मार्चको अन्तिम शनिबार (यस वर्ष मार्च २५, २०२३) मनाउँदै आइएको ‘अर्थ आवर’को विषयमा, वन-वातावरण र पर्यावरणीय चेतको बारेमा, इको हाइकिङको बारेमा, पर्यावरणीय लेखनको बारेमा विस्तृत छलफल गरिएको साहित्यकार तथा वातावरणविद् बिजय हितानले जानकारी दिए ।

बिहानको खाना रानीकोटको फेदीमा खाएर फेरि सल्लाको घना जंगल हुँदै लाकुरीभन्ज्याङतर्फ अघि बढ्दै गर्दा बीच बाटोमा सल्लाको जंगलको बीचमा पर्यावरणीय कविता तथा अन्य रचना वाचन गर्दै अघि बढेको थियो | सो पदयात्रा जंगल, पर्यापर्यटन, इको हाइकिङ, पर्यावरणीय साहित्य, ग्रामीण जनजीवन, प्राकृतिक सौन्दर्य रसास्वादन गर्दै अनि मानिसहरुको आचरणले बिगारेको वातावरण, विकासको हुटहुटीले बढ्दै गरेको प्राकृतिक दोहनको आँखा बिझाउने दृश्य हेर्दै बिरुवा पुगेर साँझ ५ बजे टुंगिएको थियो |

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!