बेलायतका तीन नेपाली स्रष्टाको नेपाली डायस्पोरिक कविता’ नामक ग्रन्थ प्रकाशित

SHARE:

लण्डन १ अप्रिल २०२३ ।

बेलायतबाट साहित्य सेवा गरिरहेका तीन स्रष्टाले बेलायतको नेपाली कविता बारे पुस्तक बजारमा ल्याएका छन् ।

डायस्पोरिक वाङ्मयका क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील साधकत्रय रक्ष राई, मिजास तेम्बे र देवेन्द्र खेरेसको सङ्कलन तथा सम्पादनमा ‘बेलायती नेपाली डायस्पोरिक कविता’ नामक ग्रन्थ प्रकाशित भएको छ । ग्रन्थको प्रकाशन नेपालकै अग्रणी प्रकाशन संस्था रत्न पुस्तक भण्डारले गरेको छ ।

ग्रन्थमा ईश्वर मानन्धर, हरिसिंह थापा, सुमलकुमार गुरुङ, सुरेशजङ्ग शाह, कोमल श्रेष्ठ, भगवान चाम्लिङ, गणेश राई, रक्ष राई, टंक वनेम, दयाकृष्ण राई, डा. रुपक श्रेष्ठ, विजय हितान मगर, कृष्ण बजगाईं, केदार सङ्केत, मुकुल दाहाल, देवेन्द्र खेरेस, लारा लक्ष्मी राई, गोपी सापकोटा, जानु काम्बाङ लिम्बू, दुर्गाप्रसाद पोखरेल, लाहाङ चेम्जोङ, मिजास तेम्बे र अन्जु अञ्जलीका दुई÷दुई ओटा डायस्पोरिक कविता समेटिएका छन् ।

डायास्पोरिक सृजनाहरूसम्बन्धी मानक ग्रन्थमा रूपमा प्रकाशित पुस्तकमा नेपाली डायस्पोरा र डायस्पोरिक सृजना तथा सिद्धान्तका विषयमा बिस्तृत र गहन सम्पादकीय रहेको छ, जसले नेपाली डायस्पोरिक वाङ्मयका विषयमा अध्ययन–अनुसन्धान गरिरहेका तथा यस विषयप्रति अभिरूचि राख्ने सबै अध्येताहरूलाई आधिकारिक खुराक दिने अपेक्षा राखिएको छ ।

दुुई सय पृष्ठको पुस्तकको मूल्य ३९९ रुपैयाँ रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!