नेपाली साहित्य विकास परिषद् युकेले मनायो नयाँ वर्ष

SHARE:

– कोमल मल्ल
लन्डन १२ अप्रिल २०२३ । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले पुस्तक विमोचन र पुरस्कार सुशोभन गरी नेपाली नयाँ वर्ष २०८० मनाएको छ ।

वेस्ट लन्डन, एक्टनस्थित एबिआइ कलेजमा एक समारोहबीच पुस्तक विमोचन र पुरस्कार सुशोभन कविता, वाचनगीतसंगीत प्रस्तुत् गरी विविध साहित्यिक कार्यक्रमका साथ भव्यरूपमा मनाइएको हो । समारोहका प्रमुख अतिथि परिषद्का पदेन संरक्षक राजदूतको प्रतिनिधित्व गर्दै उपनियोग प्रमुख रोशन खनालले नेपाली साहित्यलाई विदेशको भूमिमा फैलाउन दशकौँदेखि अथक् परिश्रम गर्ने परिषद्का पदाधिकारी र सर्जकहरूको योगदान गहन रहेको चर्चा गर्नुका साथै नेपाली भाषा साहित्यको विकासमा नेपाली साहित्य विकास परिषद्को विशिष्ट योगदान र इतिहास रहेको चर्चा गरे । आफ्ना सेवा र प्रतिभाद्वारा नेपाली भाषा साहित्य र कला संस्कृतिलाई संरक्षण गरी समाजलाई समृद्ध गराउने समाजसेवी र सर्जकहरूलाई, यसरी विशिष्ट पदक पुरस्कारहरूद्वारा सम्मान गर्न पाउँदा खुसी लागेको चर्चा गर्दै उपनियोग प्रमुख रोशन खनालले परिषद्का अध्यक्ष वरिष्ठ कविकोमल मल्लको नेवारी भाषामा प्रकाशित कवितासङ्ग्रह ‘सफूतयगु सफू’ पुस्तकभित्र समेटिएका कविताहरूले नेपाली साहित्यिकको समृद्धि र सामाजिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

समारोहमा सम्बोधन गर्दै परिषद्का प्रमुख सल्लाहकार तथा यती संस्थाका पूर्वअध्यक्ष वरिष्ठ समाजसेवी डा.राघवप्रसाद धिताल ओबीईले नेपाली साहित्य विकास परिषद् यूकेले बेलायती माटोमा नेपाली पहिचान फलाउने फुलाउने सराहनीय काम गरेको बताए । सिर्जना गर्न प्रेणा जगाउनु र मूल्यांकन गरेर पुरस्कार सम्मानले प्रोत्साहित गर्नु परिषद्का महत्वपूर्ण कार्य भएको चर्चा गर्दै बेलायतमा लामो समयदेखि नेपाली भाषा साहित्य, कला संस्कृति, पत्रकारिता र समाजसेवामा समर्पित सर्जक, समाजसेवी सञ्चारकर्मी र कलाकारलाई यसरी पुरस्कार सम्मानबाट सम्मानित गरेर समाजको विकासमा परिषद्ले थप उर्जा जगाएको चर्चा गरे । उनले परिषद्को संस्थापनाकालदेखि निरन्तर नेपाली भाषा साहित्य कलासंस्कृतिजस्ता नेपाली पहिचानहरुलाई प्रवासमा जोगाउन रातोदिन धस्सिएर लागिपर्ने परिषद्का संस्थापक सुरेशजङ्ग शाह अध्यक्ष कोमल मल्ललगायतका पदाधिकारीहरूको मिहिनेत प्रशंसनीय र उदाहरणीय रहेको चर्चा गरे ।

अर्का वक्ता यती नेपाली एसोसिएसन यूकेकी अध्यक्ष तथा परिषद्की पूर्ववरिष्ठ कोषाध्यक्ष कवयित्री समाजसेवी पिपला पाण्डे देवानले पुरस्कारबाट सम्मानित हुने सर्जक, कलाकार र साहित्यसेवीहरूको योगदान नेपाली भाषा साहित्यको श्रीवृद्धि गर्नमा अत्यन्त महत्वपूर्ण रहेको चर्चा गर्दै परिषद्ले कवि कलाकारहरूलाई प्रोत्साहन र कदर गर्ने सराहनीय कार्य परिषद्को स्थापनाकाल सन् १९९५ देखि नै गर्दै आएको र आफू पनि परिषद्मा रहेर केही भूमिका निर्वाह गर्न पाएकोमा गर्व लाग्ने गरेको बताए । अध्यक्ष पिप्ला पाण्डे देवानले सम्मानीत सर्जकहरूमा बधाई दिँदै यती संस्था र आफ्नै तर्फबाट समेत नयाँ वर्ष २०८० सालको सुखद् आगमनको शुभकामना व्यक्त गरे ।

सभापतिको आसनबाट बोल्दै विमोचित पुस्तकका लेखक परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले नेपालका विविध जनजिब्रोले बोलिने राष्ट्र भाषालगायत अन्तर्राष्ट्रिय भाषाहरूमा नेपाली साहित्यका कृतिहरू रूपान्तरण गरी प्रकाशित गर्ने परिषद्को दीर्घकालीन लक्ष्यअनुरूप विमोचित पुस्तक नेपाल भाषामा प्रकाशन गरिएको चर्चा गर्दै नेपाली भाषा साहित्य कलासंस्कृति र सञ्चार तथा समाजसेवाको क्षेत्रमा आज पुरस्कृत व्यक्तित्वहरूको योगदान सराहनीय र महत्वपूर्ण रहेको चर्चा गरे ।

यसअघि स्वागत मन्तव्य राख्दै परिषद्का सहअध्यक्ष तथा यती नेपाली एसोसिएसन यूकेका निवर्तमान अध्यक्ष कवि ध्रुव केसीले नेपाली भाषा साहित्य र संस्कृतिको समृद्धिमा नेपाली साहित्य विकास परिषद्को गहन र प्रेरणामूलक योगदान रहेको चर्चा गर्दै आजको समारोहमा पुस्तक प्रकाशित गर्ने सर्जक र पुरस्कारबाट सम्मानित हुने व्यक्तित्वहरू नेपाललाई छातिभित्र बोकेर नेपाली पहिचान फैलाउन समाजमा लागिपर्ने विशिष्ट समाजसेवीहरू रहेको चर्चा गरे ।

समारोहमा विमोचित कवितासङ्ग्रह र पुरस्कृत व्यक्तित्वहरूमाथि परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार कवि सुरेशजङ्ग शाहले प्रकाश पारेका थिए भने विमोचित पुस्तकभित्रका नेपाल भाषाका कविताहरूको संक्षेपीकरण उल्था परिषद्का पूर्वअध्यक्ष तथा बीबीसी वेपाली सेवाका पूर्वसंचालक वरिष्ठ पत्रकार कवि खगेन्द्र नेपालीले गरेका थिए ।

यसअघि कार्यक्रमको सञ्चालन गर्दै परिषद्की सहअध्यक्ष कवयित्री डा.सुधा श्रेष्ठले सदाझैं नेपाली साहित्य विकास परिषद्ले साहित्य, सङ्गीत, पुरस्कार सम्मान, पुस्तक विमोचन र कविता वाचनसमेतको संयोजन गरेर नेपाली नयाँ वर्ष २०८० सालको सुभागमनको शुभकामना साहित्य र सङ्गीतको माहोलमा एकआपसमा उल्लासपूर्ण बाँडन् आजको कार्यक्रम आयोजना गरिएको चर्चा गरे । नयाँ नयाँ सर्जकहरूको खोजी गर्ने र प्रकाशमा ल्याउने कार्य नेपाली साहित्य विकास परिषद् युकेले गर्दै आएको चर्चा गर्दै साहित्यकार डा.सुधा श्रेष्ठले विमोचित पुस्तकका लेखक र पुरस्कारबाट सम्मानित सबै सर्जकमा परिषद्को तर्फबाट बधाई ज्ञापन गरे ।

मंगल धुन र राष्ट्रिय गानबाट सुरू भएको समारोहमा प्रमुख अतिथि उपनियोग प्रमुख रोशन खनालले यती नेपाली एसोसिएसनकी नवनिर्वाचित अध्यक्ष पिपला पाण्डे देवानलाई खाता ओढाएर परिद्को तर्फबाट स्वागत सम्मान सुशोभन गरेका थिए ।

समारोहमा प्रमुख अतिथि नियोग उपप्रमुख रोशन खनालले परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमल मल्लद्वारा लेखित पुस्तक ‘सफूतयगु सफू’ कवितासङ्ग्रहको विमोचन गरेका थिए । उक्त अवसरमा परिषद्का वरिष्ठ कोषाध्यक्ष कलाकार तथा कवि मनोज अन्जानद्वारा सारंगी बजाएर मंगल धुन प्रस्तुत गरिएको थियो ।

यसैगरी प्रमुख अतिथि खनालले विगत तीन दशकभन्दा बढी समयदेखि बेलायतमा नेपाली भाषा साहित्यको समृद्धिमा निरन्तर योगदान पुर्‍याएका र बेलायतमा एभरेस्ट नेपाली रेडियो स्थापना गरी सञ्चालन गर्नुका साथै नेपाली टिभिको प्रसारण गरी नेपाली सञ्चारलाई बेलायती भूमिमा फैलाएर गहन योगदान पुर्‍याउने परिषद्का संस्थापनकालदेखिका वरिष्ठ सदस्य, यती नेपाली एसोसिएसन युकेका पूर्वमहासचिव, नेपाली केटरर्स एसोसिएसन युकेका अध्यक्ष, एभरेस्ट नेपाली रेडियो युके तथा नेपाली टिभि प्रसारण युकेका पूर्वडाइरेक्टर, सञ्चारकर्मी पत्रकार, वरिष्ठ समाजसेवी, परिषद्का सल्लाहकार विजय थापालाई परिषद्को ‘रजत महोत्सव विशिष्ट साहित्य सम्मान अभिनन्दन पुरस्कार र पदक’द्वारा सुशोभन गराएका थिए । भने बेलायतमा विगत तीन दशकभन्दा बढी समय देखि नेपाली

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!