माया गुरुङका एकैपटक दुई कवितासंग्रह लोकार्पण

SHARE:

काठमाडौं २४ अप्रिल २०२३ । कवि माया गुरुङका दुई कविता संग्रह एकैपटक लोकार्पण गरिएको छ । विश्व पुस्तक दिवसको अवसरमा काठमाडौंमा आयोजित एक समारोहका बीच कवि गुरुङका ‘ऐना’ र ‘बाका जुत्ता’ कविता संग्रह लोकार्पण गरिएको हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरको आयोजनामा भएको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि लगायत अतिथिहरुले सामूहिक रुपमा लोकार्पण गरिएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका अध्यक्ष महेन्द्रमान गुरुङ, इतिहासविद डा. सुरेन्द्र केसी, गुरुङ भाषा शब्दकोषका लेखक रत्नबहादुर गुरुङ, नेपाल मुक्तक समाजका अध्यक्ष रामकाजी कोने, नेपाली स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकाली लगायतले कृतिका बारेमा धारणा राखेका थिए ।

अनेसास बेलायत च्याप्टरकाका निवर्तमान अध्यक्ष सुमल कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत चर्चित लोक गायिका शर्मिला गुरुङ र अनेसास बेलायत च्याप्टरका सदस्य सारा गुरुङले गरेका थिए ।

कार्यक्रममा साहित्यिक व्यक्तित्वहरु, लेखक, पत्रकार, बुद्धिजीवी लगायतको बाक्लो उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!