नेपाली चलचित्र ‘कैदीको पत्र’ को ‘कति साह्रो सुहाको’ बोलको गीत सार्वजनिक

SHARE:

काठमाडौं २४ अप्रिल २०२३ ।

बैशाख १५ गतेबाट देशभर प्रर्दशन हुने चलचित्र ‘कैदीको पत्र’ को ‘कति साह्रो सुहाको’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक यस गीतमा सनम कुमार बैरागको शब्द रचना रहेको छ भने सुरेश सेन्चुरीको संगीत तथा अञ्जु पन्त र सागर आलेको स्वर रहेको छ। त्यस्तै गीतमा नायिका सलिना थापाले नृत्य गरेकी छन् । सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको यो चलचित्रलाई सनम कुमार बैरागले निर्देशन गरेका हुन्। प्रेम र रोमान्सको कथामा बनेको यो चलचित्रले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको निर्देशक बैरागले बताएका छन् ।

यो चलचित्रमा समावेश सबै गीतमा शब्द, चलचित्रको पटकथा तथा संवाद पनि निर्देशक बैरागले नै तयार पारेका हुन्। साहित्यकार स्व। ईश्वर मानन्धरले लेखेको कथा ‘कैदीको पत्र’ मा आधारित रही यो चलचित्र बनाइएको हो। यस चलचित्रमा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय रहेको छ ।

यस चलचित्रका दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी निर्माता हुन् भने रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, रामेश्वर कार्कीको छायांकन, अर्जुन जीसीको सम्पादन र यासिन एनचौबीको रंग संयोजन छ । यस चलचित्रका गीतहरुमा सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत रहेको छ भने प्रताप दास, अन्जु पन्त, सागर आले, प्रविशा अधिकारी, शुभानी मोक्तान र अभिषेक कार्कीको स्वर रहेको छ।

चलचित्रको मार्केटिंग श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टले गरेको छ भने काठमाडौं उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन्।
https://www.youtube.com/watch?v=g-REBD9LBfg

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!