साहित्यकार काइँलालाई एक लाख राशिको पुरस्कार

SHARE:

काठमाडौँ २९ अप्रिल २०२३ । नेपाली लेखक संघले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरे । सो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । 

कार्यक्रममा उपप्रधानमन्त्री खड्काले मुलुकको राजनीतिक परिवर्तनमा स्रष्टा, साहित्यकारको अतुलनीय योगदान रहेको बताए । ‘राजनीतिक नेतृत्वले खुट्टा कमाइरहेका बेला स्रष्टा सहित्यकारका तर्फबाट परिवर्तनका लागि महत्वपूर्ण योगदान रह्यो,’ उनले भने । अधिनायकवादी सोच परास्त गर्न साहित्यकार काइलाले गरेको योगदान बिर्सन नसकिने उनको भनाइ थियो ।

मुलुकमा देखिएको बेथितिको अन्त्य, अर्थतन्त्रलाई माथि उठाउनुपर्ने चुनौती समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको जनाउँदै उनले देश र जनतालाई आशा जगाउने गरी काम गर्नुपर्ने बताए । ‘देश र जनतालाई आशा जगाउने गरी मुलुक चलाउन सकेनौँ भने धेरै ठूलो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई साकार पार्न कुनै पनि त्रुटि हुँदैन’, उनले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राजनीतिक परिवर्तनका लागि लेखेर लड्ने व्यक्तित्वका रुपमा काइँला रहेको र उनले स्रष्टाका तर्फबाट लोकतान्त्रिक आन्दोलनमा नेतृत्व गरेको स्मरण गरे । उनले लेखकमा सत्ता र शक्तिका लागि लेख्ने र जनताका लागि लेख्ने दुईखाले प्रवृत्ति देखिएको बताए । लेखकले राजनीतिक परिवर्तनलाई थप सशक्त बनाएको प्रमाणित भइसकेको भन्दै उनले लेखकले जनमत निर्माण गर्नुपर्ने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!