चलचित्र ‘प्रसाद २’ को ‘क्रान्ति’ बोलको गीत सार्वजनिक

SHARE:

काठमाडौं ३० अप्रिल २०२३ ।

देशभर प्रदर्शनको क्रममा रहेको चलचित्र ‘प्रसाद २’ को ‘क्रान्ति’ बोलको गीत सार्वजनिक भएको छ ।

चलचित्र प्रदर्शन भएको तेस्रो दिन अर्थात आइतबार चलचित्र निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । राजनीतिक गतिविधि देखाइएको गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी र अर्पण थापा लगायतको अभिनय रहेको छ । गीतले विद्रोहको कुरा प्रस्तुत गरेको छ । गीतमा विक्रम स्वरको कोरियोग्राफी रहेको छ ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रमा केकी र विपिनसँगै अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे र विशाल पहाडी लगायतको अभिनय रहेको छ । ‘प्रसाद’को सिक्वेलको रूपमा निर्माण भएको ‘प्रसाद २’ ले जातीय विभेदमाथिको राजनीति कथाको रूपमा प्रस्तुत गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!