मनोक्रान्ति प्रणेता डा योगी विकासानन्द बुधबारदेखि तीनदिन झापामा रहने

SHARE:

काठमाडौं २ मे २०२३ । मनोक्रान्ति प्रणेता डा योगी विकासानन्द बुधबारदेखि तीनदिन पूर्वमा रहने भएका छन् ।

विकाशानन्द फाउन्डेसन विश्व परिवार झापाको आयोजनामा विर्तामोडको डुमलाल रंगाशालामा हुने शिविरका लागि बुधबार साँझ मनोक्रान्ति प्रणेता डा योगी विकासानन्द पूर्वमा आउन लागेको मनोक्रान्ति योद्धा योगी श्री णं  गजेन्द्रराज नेम्वाङले एभरेस्ट टाइम्सलाई जानकारी दिए । डा. विकासानन्दले शिविरमा मनोक्रान्ति योग, ध्यान, प्रवचन, हिप्नोसिस र मोटिभेस्नल तालिम दिनेछन् ।

हाल कास्की पोखराको बराङमा रहेका डा योगी विकासनन्दसँगै रेकी प्रशिक्षणका लागि रेकी मास्टर कमलेश्वरीलगायत ११ जनाको टोली झापा आउने कार्यक्रम छ । शिविरका अलावा प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा प्रमुखहरु र विभिन्न संघसंस्थाका प्रमुखहरुलाई प्रवचन दिने कार्यक्रम पनि रहेको मनोक्रान्ति योद्धा नेम्वाङले जानकारी दिए ।

कार्यक्रममा झापा आसपासका पाँचथर, मोरङ, सुनसरी, इलामलगायत जिल्लाका इच्छुक व्यक्तिहरु पनि सहभागी हुने आयोजकले जनाएको छ । शिविरमा १० हजार जना जम्मा हुन अनुमान गरिएको छ । शिविरमा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

यसैबीच झापामा हुने कार्यक्रमका लागि मनोक्रान्ति यूकेबाट मनोक्रान्ति झापा समितिलाई २८ हजार आर्थिक सहयोग गरेको छ । मनोक्रान्ति अभियान यूकेका संयोजक योग प्रशिक्षक, रेकी मास्टर एवं एभरेस्ट टाइम्सका नगेन्द्रराज नेम्वाङको अगुवाईमा संकलित रकम दुई चरण गरी हस्तान्तरण गरिएको हो । सहयोग रकम हस्तान्तरण भने मनोक्रान्ति योद्धा एवं व्यवसायी योगी श्री णं गजेन्द्रराज नेम्वाङले गरेका थिए । उनले आइतबार १० हजार र यसअघि १८ हजार सहयोग हस्तान्तरण गरेको जनाए ।

यूकेबाट सहयोग गर्नेहरुमा खर गुरुङ, रन तावा लिम्बू, मोहन थापा, गंगादेवी गुरुङ, सोमरस तामाङ, निलकुमार थापा, पूर्णकुमारी थापा, रिखी राम राना र योग प्रशिक्षक गोपबहादुर सिञ्जालीमगर छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!