चलचित्र रिपाको बेलायतमा भव्य प्रदर्शन

SHARE:

लण्डन २ मे २०२३ ।

प्रितम गुरुङ निर्देशित चलचित्र रिपा बेलायतमा भव्य प्रदर्शन गरिएको छ ।

गुरुङ संघ संस्थाका प्रमुखहरुद्वारा संयुक्त उद्घाटन गरेर फिल्म रिपा प्रदर्शन भएको हो । हरि गुरुङ अध्यक्ष, तमुधिं युके, रनबहादुर गुरुङ ९ अध्यक्ष, तमु प्ये ल्हू संघ युके, क्या राजु गुरुङ डाइरेक्टर तमु सांस्कृतिक फोरम यूके, जगत गुरुङ अध्यक्ष, पहच्यु भाईखलक युके, लेख गुरुङ प्रमुख संरक्षक, तनहुँ समाज युकेबाट संयुक्तरूपमा बेलुन फुटाएर उद्घाटन गरिएको थियो । आयोजक ४ घरे आमा समूहले अतिथिहरु ५ जनालाई भाग्रा लगाएर सम्मान गरेका थिए ।

नेपालबाट रिपा चलचित्र प्रदर्शनका लागि बेलायत आएका निर्देशक प्रितम गुरुङले आयोजक, अतिथि, उपस्थित दर्शक एवम् सहयोगीदाताहरुलाई धन्यवाद दिए । निर्देशक प्रितम गुरुङलाई आफ्नो पहच्यु भाईखलक युकेले क्रेगी रिपा लगाई मायाको चिनो दिँदै विशेष सम्मान पनि गरेको थियो ।

रिपा प्रदर्शनपछि दर्शकहरुले खुलेर चलचित्रको प्रशंसा गरे । अहिले भइरहेको यथार्थ कथा, अभिभावक र युवा वर्गको कथा समस्यालाई सेमट्दै राम्रो सन्देश दिएको फिल्ममा नयाँ कलाकारले प्रसंसनीय अभिनय छ । आनन्द गुरुङ, सिमा गुरुङ, सन्तोषी गुरुङ, तलिसा गुरुङ, इना गुरुङ, कृष्ण गुरुङ, डीबी गुरुङ आदि कलाकार अभिनीत रिपा फिल्मको के यो माया होइन ? गीत मीठो राम्रो अनि फिल्म सान्दर्भिक रहेको प्रतिक्रिया रहेको छ ।

बेलायतमा प्रिमियर गरिएको रिपाको दुई शो भव्यरुपमा सम्पन्न भएको छ । अब नेपाल लगायत अन्य देशमा प्रदर्शन हुने रिपाका लेखक तथा निर्माता निर्देशक प्रितम गुरुङले जनाए । ४९ औं फिल्म रिपापछि प्रितम गुरुङ ५० औं फिल्म विशेष बनाउने योजनामा छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!