एनआरएनए यूकेको नि:शुल्क स्वास्थ्य शिविरबाट ५६ जना लाभान्वित

SHARE:

लन्डन ३ मे २०२३ । एनआरएनए यूकेले गत ३० अप्रिल आइतबार गरेको नि:शुल्क स्वास्थ्य शिविरबाट ५६ जना लाभान्वित भएका छन् ।

अल्डरसटस्थित आफ्नै कार्यालयमा दिउसो २ देखि ४ बजेसम्म भएको उक्त शिविरमा ब्लड प्रेसर, ब्लड सुगर, उचाईं तथा तौल जांच, मानसिक स्वास्थ्य, पोषण, लागूऔषध तथा अल्कोहल लत छुटाउन परामर्श एवं समग्र स्वास्थ्य अवस्थाबारे सुझाव सल्लाह दिइएको कार्यक्रम संयोजक डा. विशाल गुरुङले जनाए । शिविरमा सहभागी भएका मानिसलाई चिकित्सक तथा नर्सहरुबाट जांच तथा परामर्श दिइएको थियो । डा. गुरुङले उच्च र कम ब्लड प्रेसर तथा ब्लड सुगरबारे परामर्श दिएका थिए ।

शिविरमा मानसिक स्वास्थ्य सम्बन्धि व्यवसायिक एनएचएस नर्स सुष्मा गुरुङले मानसिक स्वास्थ्य सम्बन्धि जानकारी दिंदै अन्तरक्रिया गरेकी थिइन् । उनी रसमोर बरोमा आफ्नो सामाजिक कार्यका कारण लोकप्रिय छिन् ।

त्यसैगरी, रसमोर हेल्दी लिभिङमा कार्यरत डाइटिसिएन तथा पोषणविज्ञ धिरज घले, जिआरएनसीमा विभिन्न प्रोजेक्ट चलाउने सोसल प्रिस्क्राइबर सुशीला मगर र लागू औषध र मदिरा नियन्त्रण सम्बन्धि काम गर्ने सोइग्नाले आआफ्नो क्षेत्रको दक्षता प्रस्तुत गरेका थिए ।

सामाजिक अभियन्ता तथा जीआरएनसी सल्लाहकार डमर घलेले प्रशासनिक काममा सघाएका थिए ।

एनआरएनए यूकेले अंग्रेजी भाषा समस्या भएका वृद्धवृद्धाहरुलाई लक्षित गर्दै प्रत्येक महिनाको अन्तिम आइतबार निशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आउंदो २८ मेका दिन गोर्खा कपमा अल्डरसटस्थित क्वीन्स एभिन्यूमा स्थानीय एनएचएससंगको सहकार्यमा स्वास्थ्य शिविर हुन लागेको जानकारी दिंदै त्यसबाट लाभ लिन अपिल गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!