बहुपति प्रथामा आधारित नेपाली चलचित्र टुल्की जेठ १२ गतेदेखि प्रदर्शन हुने

SHARE:

काठमाडौं ५ मे २०२३ ।

बहुपति प्रथामा आधारित फिल्म टुल्की आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने भएको छ।

‘द पाल्म ग्रुप प्रालि’ले निर्माण गरेको फिल्ममा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको निर्माता शेखर लामाले बताए । फिल्म डोल्पा जिल्लाको शे(फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका विकट गाउँबस्तीमा पुगेर छायाङ्कन गरिएको छ। फिल्ममा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई फिल्ममा उजागर गरिएको छ।

फिल्म निर्देशन देवजङ्ग थापा तथा छायाङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन्। शेखर लामाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन्। फिल्मको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने फिल्ममा सम्पादन तारा थापा, पार्श्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीको रहेको छ।

फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायतको अभिनय छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!